Press "Enter" to skip to content

मुलुक दुर्घटनामा पर्न सक्ने सम्भावना : विप्लव, News of Nepal

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले मुलुक दुर्घटनामा पर्न सक्ने सम्भावना रहेको बताए छन् । कपिलवस्तुको शिवगढीमा बुधबार नेकपा कपिलवस्तुद्वारा आयाेजित श्रद्धाञ्जली सभामा महासचिव चन्दले यस्ताे बताएका हुन् ।

महासचिव चन्द (विप्लव) का दाजु चन्द्र बहादुर चन्द (वीरजङ्ग) को स्वास्थ उपचारकै क्रममा गत असोज २८ गते देहावसान भएकाे थियाे । वीरजङ्गकाे सम्मान तथा स्मरणमा आयाेजना गरिएको शाेक सभालाई सम्बाेधन गर्दै महासचिव चन्दले क्रान्तिमा अतुलनीय क्षति पुगेको कुरा स्मरण गर्दै अहिले जसले जे गरेपनि, जे बोलेपनि हुने अवस्था आएकोले यो अवस्थामा देशको चिन्तन गर्ने बेला आएको बताए । नेकपा का वरिष्ठ नेता केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द (वीरजङ्ग) को सभामा विप्लवले एक कुशल अभिभावक गुमाउँदा पार्टीलाई ठुलो क्षति पुगेको बताए ।

विगत देखि नै कम्युनिष्ट आन्दोलनमा सारिक भई विभिन्न संर्घष गरेका चन्दको योगदानको प्रशंसा गर्दै देश र जनताको लागि केहि समय जेल जिवन समेत बिताएको महासचिव चन्दले स्मरण गरे । विप्लवले कांग्रेसले मुलुकमा गरेको योगदान तथा सकारात्मक कार्यकाे प्रशंसा गर्दै पछिल्लो समय देशलाई राजनितिक दलहरुले अस्थिरताको बाटो उकालाे लागेकाे बताए । टिकाउ सरकार बनाउन नसकि धेरै संख्यामा मन्त्रीमण्डल तथा गठन र राजिनामा बाहेक अरु केहि गर्न नसकेको टिप्पणी गरे ।

Biplav 2

यसैबीच श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै माओवादी पार्टीका केन्द्रिय प्रवक्ता कृष्ण बहादुर महराले स्वर्गीय वीरजङ्गले साम्राराज्यवाद सँगको लडाई नसकिएको उल्लेख गरे । अझै क्रान्ती नसकिएको भन्दै सबै कम्युनिष्टहरु एक हुनुपर्ने तर्क उनले प्रस्तुत गरे । पूर्व सभामुख समेत रहेका महरा अन्तराष्ट्रिय शक्तिहरुले नेपाललाई आँखा लगाएको एमसिसि मार्फत नेपाललाई गलत दिशा तर्फ लैजान खाेजेकाे बताए ।

नेपाललाई एमसिसिको कारणले नेपाललाई पराधिन बनाउने बताउँदै जनताको गोलबद्घ बनाउँदै क्रान्ती र विद्रोह आवश्यक रहेको महराले जनाए । समान्तीहरुले फेरि टाउँको उठाउन खोजेको भन्दै त्यसको अन्त्यको लागि आफू जस्तो सुकै कदम चाल्न पनि तयार रहेको उनले बताए । महराले वीरजङ्गप्रति श्रद्घाञ्जली व्यक्त गर्दै एक होनाहार व्यक्ति गुमाउँदा पिडा अतुलनीय भएकाे बताए ।

महराले वीरजङ्ग अत्यन्त इमानदार छवि भएका नेता क्रान्तिकारी पार्टी निर्माण र कम्युनिस्ट आन्दोलनका योद्धा, क्रान्तिका अभिभावक एवम् कुशल सङ्गठकको दृढतालाई पार्टी अगाडि बढाएको एकीकृत जनक्रान्तिको कार्यदिशालाई अगाडि बढाउने उनले बताए । नेता वीरजङ्गको मृत्युको कारण अमानवीय व्यवहार भएका राज्यसत्ता र शासकहरू दोषी भएको महराले दाबी गरे ।

Biplav 3

२०१७ साल फागुन ७ गते रोल्पाको इरिवाङमा जन्मेका चन्द्र बहादुर चन्द (वीरजङ्ग) को स्वास्थ उपचारकै क्रममा गत असोज २८ गते देहावसान भएको थियो । आफ्नो जीवन कालमा भएका नेपाली क्रान्तिका विभिन्न चरणहरू पार गर्ने क्रममा महत्वपूर्ण योगदान दिँदै आएका वीरजङ्गको असामयिक निधनले चन्द परिवार, समग्र पार्टी पङ्क्ति स्तब्ध भएकाे छ । कार्यक्रममा सहभागी सम्पूर्ण पार्टी कार्यकर्ता तथा जनसमुदायले वीरजङ्गप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै सबैले पालैपालो उनको फोटोमा अबिर र फूलमाला चढाइ श्रद्धा अर्पण समेत गरिएकाे आयाेजकले जनाएकाे छ ।

नेकपा केन्द्रिय सदस्य तथा अर्घाखाँची र कपिलवस्तु इन्चार्ज जुझारुको अध्यक्षतामा भएकाे ञकार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रवक्ता महराले वीरजङ्गको फोटोमा माल्यपर्ण गरेका थिए । श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपा केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली लगायत अन्य नेता कार्यकर्ता श्रद्धाञ्जली व्यक्त गरेका थिए । साथै अन्य राजनितीक दलका नेता, कार्यकर्ता, युवा, समाजसेवी, बुद्धिजिवी, पत्रकार र सुभचिन्तकको उपस्थिति समेत रहेको थियो ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *