Press "Enter" to skip to content

थर थारू हुनै पर्छ, News of Nepal

१२औँ राष्ट्रिय जनगणना २०७८ सम्बन्धी जनचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम ‘हम्मन गणना, हम्मन सहभागिता’ भन्ने मूल नाराका साथ थारु कल्याणकारीणी सभा शिवराज नगरपालिका र थारु कल्याणकारीणी सभा विजयनगर गाउँपालिका कार्य समितिको आयोजनामा शनिबार कपिलवस्तुकाे चन्द्रौटामा जनचेतना तथा प्रशिक्षण कार्यक्रम गरिएको आयोजकले जनाएकाे छ ।

थारु कल्याणकारीणी सभा सदस्य जंजिर प्रसाद थारुले अहिलेको जनगणनामा थारु जातिहरुले आफ्नो थर ‘चौधरी, दहित, राना, गच्छेदार, कठरिया, रौतार र महतो’ जे लेखे पनि पछाडि थरको पछाडी ‘थारु’ थरका रुपमा अनिवार्य लेख्नुपर्ने बताए । उनले आफ्नो थारु जातिको अस्तित्व जोगाउनका लागि थारु थर शब्द हुनैपर्नेमा जोड्न जरुरी रहेकाे उल्लेख गरे ।

“जब आफ्नो जातिको अस्तित्व रहँदैन, थर परिवर्तनले थारु समुदायका संस्कृति र अस्तित्व लाेप हुन्छ, तसर्थ थर परिवर्तन गरिनु गलत हो” उनले भने । थारु थर परिवर्तन हुँदै गयो भने थारु जातिको संस्कृति, भेषभूषा, पहिरन लोप हुन सक्दैन भन्ने अवस्था पनि आउन नसक्ने भन्दै चिन्ता समेत व्यक्त गरे । यस जनगणनामा सबै थारुहरुलाई पूर्णरुपमा सहभागिता जनाउन सदस्य थारुले अनुरोध गरे ।

tharu voice

थारु समुदायका सबैले अहिले जान्नैपर्ने ४ वटा महत्वपूर्ण कुराहरुको बारेमा प्रशिक्षण दिइएकाे छ । थारु बौद्ध समाजका केन्द्रीय महासचिव तथा प्रशिक्षक राजेश चौधरीले सही जनसंख्या कसरी दिने ?, जातजातिलाई लेखाउन र कसरी लेखाउने ?, पुर्खाका भाषा/मातृभाष/ अन्य भाषा र धर्म लेखाउने बारे चौधरीले प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा थारु अगुवा, बुद्धिजीवी, पत्रकार, कलाकार, समाजसेवी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित रहेकाे थियाे ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *