Press "Enter" to skip to content

किन जन्माउन पर्‍यो थरुहट थारुवान राष्ट्रिय माेर्चा? News of Nepal

कपिलवस्तुमा थरूहट थारूवान राष्ट्रिय मोर्चाकाे तदर्थ कार्य समिति गठन गरिएकाे छ । चन्द्राैटामा बुधबार प्रकाश चौधरीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको आयाेजकले जनाएको छ ।

माेर्चाको सहसंयोजकमा माधव थारू चयन रहेका छन् । त्यसैगरी सदस्यहरुमा गोपी थारू, इन्द्र बहादुर थारू, संदीप कुमार थारू, श्री निवास थारू, खेम चौधरी, प्रमिला थारू, सतिश थारू, रेशम चौधरी, अर्जुन थारु, उत्तम चाैधरी, राम नरेश थारू रहेका छन् ।

समितिको सल्लाहकारमा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको उप-प्रमुख शिवकुमारी चौधरी, राम अवतार चौधरी र सीताराम थारू रहेका छन् । मोर्चाले अगामी कार्तिक ५ गते चन्द्रौटामा जिल्ला भेला गर्ने निर्णय समेत गरेकाे संयाेजक प्रकाश चाैधरीले जानकारी दिए ।

Tharuhat Tharuwan National Front 2

समिति गठन तथा भेटघाट कार्यक्रममा मन्तव्य जाेड्दै थरुहट थरुवान राष्ट्रिय माेर्चाकाे केन्द्रीय संयाेजक लक्ष्मण थारुले आफ्नाे हक, हित र अधिकार प्राप्तिको लागि एक्यवद्ध हुन जरुरी रहेकाे बताए । वर्तमान समयसापेक्षमा राजनीतिक अस्थरिता तथा खिचातानीले देश नै अन्याेलमा परेकाे बताउँदै संरक्षणको जिम्मेवारी युवा पुस्ताले निभाउनुपर्नेमा संयाेजक थारुले जाेड दिए ।

उक्त कार्यक्रममा मोर्चाका केन्द्रिय संयोजक लक्ष्मण थारु, कैलाली जिल्ला संयोजक माधव थारू लगायत सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *