Press "Enter" to skip to content

दुर्गा मन्दिर चन्द्रौटाको नेतृत्वमा पाण्डे चयन, News of Nepal

कपिलवस्तुकाे शिवराज-५, अवस्थित दुर्गा मन्दिर चन्द्रौटाको चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार दुर्गा मन्दिरमा भएको अधिवेशनले भिमलाल पाण्डेको संयाेजकतत्वमा ११ सदस्यीय दुर्गा मन्दिर संरक्षण समिती गठन भएको छ ।

जसको उपाध्यक्षमा बाल कुमारी घिमिरे, सचिवमा कविता आर्चाय, सह सचिवमा गुरु प्रसाद यादव, कोषाध्यक्षमा लाल बहादुर थापा, सर्वसम्मत रुपमा चयन भएका छन् । भने सदस्यमा कुलराज पौडेल, कमला पाण्डेय, खिम बहादुर पुन,कृष्ण थापा, भिर्मा अर्जुन आर्चाय र सरस्वती गैरे चयन भएकाे आयाेजकले जनाएको छ ।

https://www.youtube.com/watch?v=cLI9GtGp_5s&t=23s

त्यसैगरी लेखा समितिमा शिशिर पोख्रेलको संयोजकत्वमा लिला पाण्डेय र सुमित्रा अधिकारी गरि ३ सदस्यीय समिति सदस्य चयन गरिएको छ । मन्दिर संरक्षण समितिकाे बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको प्रतिवेदनमा ६५ लाख ४३ लाख ८ सय ९७ रुपैयाँ बराबरको काराेबार भएकाे उल्लेख छ ।

https://www.youtube.com/watch?v=0XnjTa8HWVA

उक्त सभालाई सम्वोधन गर्दै शिवराज नगरपालिका वडा नं.५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डेले नयाँ कार्य समितिलाई शुभकामना दिदैँ मन्दिर संरक्षणमा उल्लेखनिय काम गर्न सुझाए । चन्द्राैटाकाे केन्द्र विन्दु रहेकाे दुर्गा मन्दिरमा विवाह लगायतकाे शुभ कार्य गर्नेहरुकाे व्यवस्थापन थप प्रभावकारी बनाउनु पर्नेमा अध्यक्ष पाण्डेले जाेड दिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from मनोरन्जनMore posts in मनोरन्जन »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *