Press "Enter" to skip to content

शिवगढी मन्दिरको विकासका लागि सबै जुटाैँ, Nepal News

शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी थारुले आफ्नो पहिलो कार्यकालमा शिवगढीको विकासकालागि काम गरेको बताएकी छन् । चिन्तास मिडिया नेटवर्क प्रालीको आयोजना र शिवराज नगरपालिका वडा नम्बर-९ को सहयोगमा शुक्रबार शिवगढीमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएकी हुन् ।

शिवगढी मन्दिर र शिवगढी किल्लाको प्रचार प्रसार र समृद्धिका लागि मिडिया अन्तक्रिर्यामा शिवगढीकाे विकासका लागि सबै एकजुट भइ अघि बढनुकाे विकल्प नरहेकाे बताइन् । सबैको साथ र सहयोगले शिवगढीलाई धार्मिक तथा पर्यटकिय किल्लाको रुपमा विकासका निम्ति पहल गरेकी उपमेयर थारुले जिकिर गरिन् ।

थप समाचार

यसैबीच शिवराज वडा नम्बर-९ का पुर्व वडा अध्यक्ष चुराबहादुर खड्काले विगतका समयमा राजनितिक खिचातानिका कारण शिवगढीका लागि आएको बजेट फ्रिज भएको बताए । विगतका दिनमा केवलबारका कुराहरु आएपनि केहि प्रगति हुन नसकेको बताउदै अबका दिनमा सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

यस्तै नेकपा एमाले नगर कमिटि उपाध्यक्ष महादेब पोख्रेलले विगतमा भएका कमिकम्जोरीलाइ सुधार गर्दै फराकिलो मानसिक सोँचका साथ लाग्नुपर्ने बताए । शिवगढीको धार्मिक तथा पर्यटकिय किल्लाको रुपमा विकाससँगै स्थानिय उत्पादनलाई व्यवसायिक रुप दिन सके स्थानिय बासीलाई फाइदा पुग्ने जनाए ।

कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति मधु पोख्रेलले शिवगढिको विकासका लागि अरुले एउटा इट्टा राख्दा आफू चार इट्टा थप्न तयार रहेको बताउँदै अब राजनितिक स्वार्थ नहेरी शिवगढीको विकास र प्रचारका निम्ति हातेमालो गरेर अगाडि बढे्नुपर्ने जिकिर गरे ।

यसैगरी चिन्तास मिडिया नेटवर्क प्रालीका प्रबन्ध निदेर्शक चिन्ता परीयारले मिडियाको माध्यमबाट सधैब शिवगढीको प्रचार प्रसारमा कलम अगाडि बढाउने बताए ।

अन्तक्रिया कार्यक्रममा सहभागि वडा नम्बर-९ का वडा अध्यक्ष राम गाेपाल थारु लगायत जनप्रतिनिधिहरुले शिवगढी मन्दिर र शिवगढी किल्लाको विकास र प्रचारका लागि हातेमालो गरेर अगाडि बढनुपर्ने बताएका हुन् ।

यस्तै कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरूले शिवगढीको प्राचिन इतिहास र शिवगढीको विकासमा शिवगढी बासीको योगदानको पनि मुल्यांकन गर्दै उक्त क्षेत्रलाइ धार्मिक तथा पर्यटकिय किल्लाको रुपमा विकास गर्नुपर्ने बताएका थिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from मनोरन्जनMore posts in मनोरन्जन »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *