Press "Enter" to skip to content

एकरूपताले समाचार सम्प्रेषण आवश्यक : अधिकारी, News of Nepal

नेकपा एमालेका केन्द्रीय सदस्य बलराम अधिकारीले एक रूपताले समाचार सम्प्रेषण गर्न आवश्यक रहेकाे बताएका छन् । बुधबार जिल्लाको ताैलिहवामा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै अधिकारीले यस्ताे बताए ।

उनले पत्रकार सरकारकाे चाैथाैँ अङ्ग भएकाे बताउँदै सबै राजनीतिक दलका गतिविधि तथा क्रियाकलापलाई बिना पुर्वग्राह समाचार सम्प्रेषण गर्नुपर्ने बताए । एमाले कपिलवस्तु जिल्लाका इन्चार्जसमेत रहेका अधिकारीले व्यक्तिवाद र समाजमा खलल पुर्‍याउने खालका पुर्वग्राह तरिकाले समाचार सम्प्रेषणले नगर्न आग्रहसमेत गरे । यसरी जनताको हकहितमा नहुने र समाजमा नकारात्मक असर पार्ने अधिकारीले बताए ।

प्रेस चाैतारी नेपाल कपिलवस्तु शाखाकाे पहिलाे बैठकमा गत पुसमा चन्द्राैटामा भएकाे चाैतारीकाे ७औं अधिवेशनमा समीक्षा समेत गरिएको थियाे । साे कार्यक्रममा बाेल्दै उनले सबै राजनीतिक पार्टीका कार्यक्रममा पत्रकारले पुग्नुपर्ने जिकिर गर्दै बैशाख ३० मा हुने स्थानीय चुनावमा नेकपाले पहिलो हुने दाबी गरे । उनले संसारमै नभएकाे नीति, नियम, कानुन र संविधान मिचेर अदालतले परमादेशी सरकार बनाएकाे बताए । गठबन्धन सरकारले कहिल्यै जनता भलाे र हित हुने काम नगरेकाे अधिकारीले जिकिर गरे ।

यसैबीच नव निर्वाचित कार्य समितिलाई विभिन्न पालिकामा संयाेजक तय गरि जिम्मेवारी बाँडफाँड गरिएको छ । जस अनुसार बाणगंगामा कुलराज भुसाल, बुद्धभुमीमा सेरिफ केसी, शिवराजमा गिता पाैडेल, महाराजगन्जमा बाबुराम रायमाझी, कपिलवस्तुमा पशुपति गिरी, विजयनगरमा घनश्यम भर, कृष्णनगरमा सन्जिव गहतराज, यशाेधरामा बासुदेव बर्मा र मायादेवीमा प्रभुनाथ गुप्ता लगायतलाई संयाेजककाे जिम्मेवारी दिइएकाे प्रेस चाैतारीकाे कपिलवस्तु जिल्ला अध्यक्ष जानू पाण्डेले जानकारी दिए ।

उक्त कार्यक्रमलाई नेकपा एमाले जिल्ला अध्यक्ष डम्बर शर्मा, एमाले जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारु र प्रेस चाैतारी पूर्व जिल्ला अध्यक्ष हरि अधिकारी लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from मनोरन्जनMore posts in मनोरन्जन »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *