Press "Enter" to skip to content

रामग्राम नगरपालिकाद्धारा महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई ५० हजार नगद सहित सम्मानजनक विदाई, News of Nepal

रामग्राम नगरपालिकाले १९ जना महिला सामुदायिक स्वास्थय स्वयंसेविकाहरुलाई सम्मान गरि विदायी गरेको छ । नगरपालिकाले ६० उमेर पुगेका १९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ५० हजार नगद राशी प्रदान गर्दै एक कार्यक्रम बिच सम्मान सहित विदायी गरेको हो । रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा भएको विदायी कार्यक्रममा नगर प्रमुख गुप्ताले ति १९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मान गरि विदायी गरेका हुन् । ति महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई वृद्ध अवस्था सुखद रुपमा वितोस भनि नगरपालिकाले प्रोत्साहनका लागि बिनियोजन गरेको प्रति स्वंसेविकालाई ५० हजार नगद राशी पनि नगर प्रमुख गुप्ताले प्रदान गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले ६० बर्ष पुगेका ति १९जना स्वास्थ्य स्वयंसेविकाहरुले ४३ बर्ष निरन्तर स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएकाले स्वयंसेविकाहरुको उच्च प्रशंसा गर्दै उच्च मुल्याङ्क सहित सम्मान गरेको जानकारी दिनु भयो । नगर प्रमुख गुप्ताले कार्यक्रममा बोल्दै स्वास्थ्य स्वयंसेविकाहरुलाई नगरपालिका संग नजिक भएर आगामी दिनमा पनि नगरपालिकालाई सहयोग गर्न आग्रह गर्दै स्वयंसेविकाहरुको आगामी दिन सुखद र स्वास्थ्यकर रुपमा वितोस भनि कामना पनि गर्नू भयो ।

ramgram

त्यस्तै कार्यक्रममा नगर उप प्रमुख रम्भा कुँवरले स्वास्थ्य स्वयंसेविकाहरुले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै यसको कुनै मुल्यले तौलिन नसक्ने बताउनु भयो । उप प्रमुख कुँवरले, स्वास्थ्य स्वयंसेविकाहरु विगत लामो समयदेखि नगरपालिका तथा राष्ट्रको स्वास्थ्य अभियान र कार्यक्रमहरुमा क्रियाशिल भएर काम गर्दै आएकाले उहाँहरु प्रति उच्च सम्मान व्यक्त गर्दै आफनो अनुभव र ज्ञान अझैपनि आफनो गाउँठाउँमा साटनबाटन आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रुद्र प्रसाद रेग्मी, स्वास्थ्य शाखा प्रमुख रामनरेश राय, हकुई स्वास्थ्य चौकीका ईन्चार्ज निजाय अहमद, पत्रकार हुसैन अंसारी, सुहाराका तिर्थ ढुङ्गाना, स्वास्थ्य स्वयसेविका सत्यवति मिश्रा लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम सिनियर अहेव अधिकृत बलराम सापकोटाले संचालन गरेका थिए भने कार्यक्रममा स्वास्थ्य शाखाका अनिल खडकाले स्वगत मन्तब्य राखेका थिए । कार्यक्रममा स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज गौतमले सहजीकरण गरेका थिए । त्यस्तै कार्यक्रममा विभिन्न शाखाका प्रमुख, प्रतिनिधि र पत्रकारहरु लगायतका उपस्थिती रहेको थियो ।

Mahesh Yadav

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from मनोरन्जनMore posts in मनोरन्जन »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *