Press "Enter" to skip to content

नेपाली कांग्रेससँग हातेमालो गर्न थारू युवा लाइ आग्रह, News of Nepal

कपिलवस्तुको विजयनगर गाउँपालिका–२, लोहरौलाको राइज नेपाल युवा क्लबलाई ५० थान टिसर्ट र १ थान स्पिकर साउण्ड हस्तान्तरण गरिएको छ । नेपाल तरुण दल जिल्ला समिति कपिलवस्तुद्वारा क्लबका अध्यक्ष नविन चौधरीलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सभापती तथा पूर्व सिंचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्यले सामाजिक गतिविधि लगायत आवश्यक सहयाेग गर्ने प्रतिबद्धता जनाए । आफू कटिबद्ध भएर आम नागरिकको सेवामा खटिएको बताउँदै विपत परेकाे एकपटक सहकार्य गर्न उल्लेख गरे । टिर्सट मात्रै हाेइन सामाजिक कार्यका लागि हरेक तवरले सहयाेग गर्ने उनले बताए । साे कार्यक्रममा थारु समुदायकाे बहुल्यता भएकाेले थारु भाषामा बाेल्दै स्थानीय स्तरमा भएकाे समस्या बुझ्न प्रयास गरिएको जनाए । साथै युवाहरूले नेपाली कांग्रेससँग हातेमालो गर्न आग्रह आचार्यले आग्रह गरे ।

tharu club

त्यसैगरी राइज नेपाल क्लबका अध्यक्ष नवीन चाैधरीले क्लबलाई टिर्सट हस्तान्तरण गरेकाेमा धन्यवाद दिँदै क्लब अझ सक्रिय भइ सामाजिक गतिविधिमा उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रतिबद्ध भएकाे बताए । क्लबमा खेलकुद लगायत कला तथा क्षमता भएर पनि प्रस्तुत गर्ने अवसर नपाएर खुम्चिएन बाध्य भएकाे जनाउँदै अब त्यसप्रति सजग रहि तरुण दलसँग सहकार्य गरि अगाडि बढ्ने उनले जानकारी दिए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा सदस्य रिना नेपाल, नेपाली कांग्रेस क्षेत्र नं.३ (क) सभापति गाेविन्द केसी, ने.क. जिल्ला सचिव प्रेम रायमाझी, ने.क. शिवराज नगर सभापति मधु पाेख्रेल र नेपाल तरुण दल शिवराज नगरसभापती वाईपि पाैडेल लगायतले कार्यक्रम मन्तव्य राखेका थिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *