Press "Enter" to skip to content

Rotract Club of Kapilvastu को पद हस्तान्तरण, News of Nepal

राेट्रयाक क्लव अफ कपिलवस्तुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । रोटा वर्ष ०२०-२१ का अध्यक्ष विक्रम केसिद्वारा रोटा वर्ष ०२१-२२ का लागि शिशिर पोख्रेललाई पद हस्तान्तरण गरिएकाे छ ।

शुक्रबार खरेन्द्रपरमा पद हस्तानरण गर्दै केसीले सामाजिक काममा सक्रिय भएर काम गर्न सुझाव सहित सफल कार्यकालको शुभकामना व्यक्त गरे । आफ्नो कार्यकालमा भएका गतिविधि सहितको प्रतिवेदन पेश गर्दै केसीले यस अवधिमा सबै तर्फबाट सकारात्मक सहयोग रहेको बताए ।

Rotract Club Kapilvastu 2

पद हस्तान्तरण कार्यक्रमलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले रोट्¥याक क्लवको काम प्रति आफु सन्तुष्ट रहेको बताए । गरिब दुखि तथा अन्य युवाहरुको सवालमा शसक्त रुपमा काम गरिरहेको भन्दै आगामी दिनमा थप उर्जाका साथ काम गर्न उनले सुझाए । आफूले कमाएको केहि रकम समाज सेवामा पनि खर्च गर्नुपर्ने मान्यताका साथ क्लवमा आवद्ध सदस्यहरु पूर्ण रुपमा लाग्नुपर्ने केसीले जनाए ।

यस्तै नगरप्रमुख नेत्रराज अधिकारीले समृद्ध नगर बनाउने आफ्नो संकल्प पुरा गर्न युवाहरुको साथ सहयाेग आवश्यक रहेको जिकिर गरे । कोराना महामारी लागयत अन्य विपतमा क्लवले विविध समाजको लागि कार्य गरेको अधिकारीले प्रशंसा गरे ।

Rotract Club Kapilvastu 3

उक्त कार्यक्रममा उपप्रमुख शिवकुमारी थारु, बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा, रोट्ररी क्लवका अध्यक्ष रामकुमार क्षेत्री, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल लगायतले नयाँ टिमलाई शुभकामना व्यक्त गरेका थिए । सामाजिक काममा सक्रिया रहेको रोट्¥याक क्लव अफ पदभार ग्रहण गर्दै शिशिर पोख्रेलले आगामी दिनका योजनाहरु प्रस्तुत गर्दै पोख्रलले थप अन्य समितिलाई विस्तार गर्दै कार्यकालभर सबैको सहयोगको अपेक्षा समेत रहेकाे जानकारी दिए ।

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *