Press "Enter" to skip to content

अब प्रदेशको मुहार बदलिन्छ की ? मुख्यमन्त्री केसी सहित ६ मन्त्री चन्द्रौटा आउँदै, News of Nepal

लुम्बिनी प्रदेशका मुुख्यमन्त्री कुल प्रसाद केसी सहित अन्य पाँच मन्त्री चन्द्राैटा आउने भएका छन् । जसपा सांस्कृतिक महासंघको आयोजनामा जिल्लाको शिवराज -५, चन्द्रौटामा बुधबार (भोली) हुना लागेकाे कार्यक्रममा मन्त्री आउने भएका हुन् । मंगलबार पत्रकार सम्मेलन गरि कार्यक्रमकाे तयारी पूरा भएकाे पनि बताइएको छ ।

महासंघद्वारा आयाेजित स्वागत तथा सम्मान कार्यक्रममा सरीक हुनको लागि मुुख्यमन्त्री कुल प्रसाद केसी, भौतिक तथा पुर्वाधार विकाश मन्त्री सहसराम यादव, ग्रामिण तथा शहरी विकाश मन्त्री डिल्ली बहादुर चौधरी, आर्थिक तथा मामिला तथा योजना मन्त्री कृष्ण ध्वज खड्का, विना विभागिय मन्त्री परमति ढेगा मगर र विना विभागिय मन्त्री शुमन शर्मा रायमाझी चन्द्रौटामा आउन लागेकाे साँस्कृतिक महासंघले जनाएकाे छ ।

ministers to visit chandrauta nepal

मन्त्रीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम मात्रै नभएर यस क्षेत्रका समस्याहरुको अवगत गराई सरकार र जनता बीच समन्वय गराउनुका साथै साँस्कृतिक झलकहरु झल्काउदै संस्कृतिको दृष्टिगत अवगत गराउन मुख्य उद्देश्य रहेको जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशाेक कुमार यादवले जानकारी दिए । कार्यक्रम सकिए लगत्तै भोलि नै लुम्बिनी प्रदेश राजधानीका मुख्य नाका कृष्णनगर नाका र भन्सारको पनि अवलोकन गर्ने कार्यक्रम रहेको अध्यक्ष यादवले बताए ।

लुुम्विनीमा भर्खरै मन्त्री पद समाल्हेका स्वागत तथा सम्मान कार्यक्रममा मन्त्रीहरुले समयसामायिक परिस्थीति र राजनिति विषयमा सम्बाेधन गर्नुका साथै साँस्कृतिक कार्यक्रम पनि रहेको जसपा युवा नेता रहिस शाहले बताए । जसपा साँस्कृतिक संघको आयोजना रहेको कार्यक्रममा अन्य सत्तारुढ दलहरुसँग सहकार्य रहेको उनले जनाए । साथै कार्यक्रमलाई भव्य सफल पार्न राष्ट्रिय स्तरकाे कलाकारहरुकाे बेजोड प्रस्तुति समेत रहने नेता शाहले जानकारी दिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *