Press "Enter" to skip to content

राष्ट्रिय युवा संघ शिवराजको बृहत भेला सम्पन्न, अध्यक्षमा हमाल चयन News of Nepal

राष्ट्रिय युवा संघ नेपाल शिवराज नगरस्तरिय बृहत युवा भेला तथा अधिवेशन सम्पन्न भएको छ । जिल्लाकाे खरेन्द्रपुरमा साेमबार आयाेजित भेलाले विष्णु हमालको अध्यक्षतमा ४५ सदस्य शिवराज नगर समित गठन गरेको नगर समितिले जनाएकाे छ ।

जसकाे उपाध्यक्षमा एकेन्द्र घर्तीमगर, सहसचिवमा सन्तोषी थारु, कोषाध्यक्षमा सागर के.सि.खत्री र सचिवमा विष्णु भुषाल, विक्रम पौडेल, जगदेव थारु, दिनेश खनाल उमेद्धार भएकोले नगर समितिको पहिलो बैठकले निर्वाचन गराउने बताइएको छ । निर्वाचन मार्फत जाँदा कुसल नेतृत्व चयन हुनेमा विश्वास रहेकाे निर्वाचन मण्डलका संयोजक तेजेन्द्र पाण्डेले जानकारी दिए । भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय समितका सचिव तुल बहादुर अधिकारीले पार्टी मजबुद बनाउन संगठनको अहम भुमिका रहने बताए ।

एमालेबाट चोइटिएर जाँदैमा एमालेलाई कुनै असर नपर्ने पनि अधिकारीले जनाए । जब जब राष्ट्रीयता माथी हमला हुन्छ तब तब युवासंघले युथ फोर्स गठन गरेर निस्तेज पारेको छ । अहिले बदलिदो परिवेशमा आई.टि आर्मी गठन गरेर नेपालीहरु माथी हुने भ्रमको खेतिलाई निस्तेज पार्नेकामा राष्ट्रिय युवा संघ नेपाल लागि परेको सचिव अधिकारीले बताए । नेकपा एमाले जिल्ला समिति अध्यक्ष झविलाल पोख्रेलले एमाले आफ्नो कर्म र व्यवहारकै कारण आज मजबुद बन्दै सबैको प्रिय बनेको जिकिर गरे। कार्यकर्ता तथा आम नागरीकले गर्व गर्ने पार्टी भनेकै एमाले भएकाले कोहि छुटिदैमा कमजोर हुन आवश्यक नभएको उनले बताए ।

kapilvastu news National Youth Association Nepal assembly

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय समिति सदस्य एवम लुम्विनी प्रदेश सभा सदस्य विष्णु पन्थीले एमालेहरु एकजुट हुनुपर्ने भन्दै पार्टी् फुटाउनेक काम गलत भएको टिप्पणी गरे । नेकपा एमाले जिल्ला आयोजक समिति सचिवालय सदस्य एवम युवा इन्चार्ज चक्रपाणि अर्यालले पार्टीलाई मजबुद बनाउन संगठनका हरेक गतिविधहरु निरन्तर गतिशिल रुपमा चलायमान बनाउन आवश्यक रहेको दाबी गरे ।

National Youth Association Nepal Shivraj

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश समिति सचिवालय सदस्य बलराम अधिकारी, लुुम्विनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, नेकपा एमाले जिल्ला आयोजक कमिटी सचिवालय सदस्य तथा शिवराज नगर प्रमुख नेत्रराज अधिकारी, नेकपा एमाले जिल्ला आयोजक कमिटी सदस्य तथा शिवराज नगर उपप्रमुख शिवकुमारी थारु, नेकपा एमाले जिल्ला आयोजक कमिटी सदस्य तथा शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेल लगायत नगरका पार्टी र जनवर्गीय संगठनका नेताहरुले कार्यक्रमलाई सम्बोधन सम्बाेधन गरेका थिए । राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर समितिका अध्यक्ष राम चन्द्र केसीको अध्यक्षता भएकाे कार्यक्रमको सञ्चालन संजिव गहतराजले गरेका थिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *