Press "Enter" to skip to content

संविधानले दिएको अधिकारलाई दुरुपयोग गर्न नहुने: प्रदेश प्रमुख शेरचन, The Horizon Times

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले अहिले तीन तहको सरकार रहेकोले स्थानिय सरकार प्रत्यक्ष जनतासँग रहनुले जनताको आवश्यकता पुरा हुने क्रममै रहेको बताएका छन् । बुधबार कपिलवस्तुकाे शिवराज नगरपालिका-१, शिवपुरमा आयाेजित एक कार्यक्रममा प्रमुख शेरचनले यस्तो बताएका हुन् ।

प्रदेशमा केहि खटपट रहेकोले संविधान बमोजिम काम हुने बताउँदै अविश्वासको प्रस्ताव लगायत केहि विषयवस्तु आएकोले त्यसलाई संविधान बमोजिम अगाडी बढाउने प्रतिवद्धता जाहेर गरे ।

शिवपुरमा आयाेजित भएकाे माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समितिका पुर्ब सदस्य नरेन्द्रमान के.सि को आमा उमा कुमारी खत्रीको निधन प्रति आयोजित शोक सभामा बाेल्दै शेरचनले नेपाली धेरै आमाहरुका कारण देश परिवर्तन सम्भव भएको बताए । हजारौँ युवाहरुले रगत बगाएर वर्तमान परिस्थिती प्राप्त भएको र यो सवैधानिक कानूनी रुपमा विगतको तुलनामा निकै सराहनीय रहेकाे उनले जनाए ।

amik sherchan

प्रमख शेरचनले संविधानले दिएको अधिकारलाई दुरुपयोग गर्न नहुने बताउँदै नियम कानून र संविधानकै दुरुपयोग गरि आफ्नो स्वार्थ पुरा गर्न नहुने दाबी गरे । अधिकार पाए भन्दैमा संविधान मिच्ने अधिकार कसैलाई नभएको जनाउँदै स्वर्गिय आमाले दमन र शोसणलाई अन्त्यको लागि कृयशिल रहेका उनका श्रीमानलाई सहयोग गर्नुभएकोमा आमाको योगदान उच्च रहेको जानकारी दिए ।

उनका ९ भाइ छोराहरु कुनै न कुनै तवरले समाज सुधारमा सक्रिय भइ लागेको प्रति धन्यवाद दिए । नेकपा माओवादि केन्द्रका शिवराज नगर कमिटि अध्यक्ष दिनेश पुनले स्वर्गीय आमाको जिवनी पढेर सुनाएका थिए ।

स्वर्गीय आमाका छोराहरु राष्ट्रिय जनमोर्चा कपिलवस्तुका पुर्व अध्यक्ष, माओबादीको पुर्व राज्य समिती सचिवालय सदस्य, तथा नेकपाका पुर्व जिल्ला कमिटी सदस्य एवम समाजसेवी जगतमान के.सी, राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सल्लाकार छन्द बहादुर केसी, माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समितिका पुर्ब सदस्य नरेन्द्रमान के.सि विभिन्न सामाजिक क्षेत्रमा सक्रिय छन् । १९८८ मा प्युठानको ओखरकोटमा जन्मनु भएकी खत्रीको ९० वर्षको उमेरमा आफ्नै निवास शिवराज नगरपालिका १ कलौनीमा साउन १७ गते निधन भएको थियो ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *