Press "Enter" to skip to content

व्यापारीका कारण चन्द्राैटा बजार अस्तव्यस्त, नगरकाे सूचनालाई अटेरी, Nepal News

कपिलवस्तुको शिवराज नगरपालिकाले जारी गरेको सूचनालाई कार्यन्वयन गर्न नगरलाई सास्ती भएको छ । उक्त सूचना जारी गरेको ३ हप्ता विति सक्दा पनि लागु हुन नसकेकाे बुझिएको छ ।

नगरले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई हटाउने भन्दै एक हप्ताको समय दिएर गत असार २३ गते सूचना प्रकाशित गरेको थियो । सूचना जारी गरेर अल्टिमेटम दिए पनि राजनितिक कारणले नगरले कार्यन्वयन गर्न नसकेको बताइएको छ । सडक ऐन विपरीत संरचना निर्माण भएका संरचना अहिले पनि जस्ताको त्यस्तै छन् । स्थानिय तहको निर्वाचन नजिकिदै जाँदा व्यावसायिहरु रुष्ट हुन सक्ने भन्दै कार्यान्वयनमा ढिलाई भएको नागरिक अगुवाहरुको बुझाई छ ।

जिल्लाको शिवराज स्थित चन्द्रौटा क्षेत्र परिसरमा रहेका बजार क्षेत्रको राजमार्गमा सडक अतिक्रमण गरी निर्माण गरी सामग्री राख्ने, पसल व्यावसाय गर्ने, अटो व्यावसाय संचालन गरी सडक अवरुद्द हुने गरी सभारी पार्क गरी राख्ने, ठेलामा ब्यावसाय गर्ने राजमार्गमा सडक मिचेर बनाइएको संरचना हटाउन भन्दै सूचना जारी गरेको नगरपालिका तिन हप्ता विति सक्दा समेत मौन बसेको सरोकारवालाहरुको भनाइ छ ।

Kapilvastu notice

नगरपालिकाले सडक अतिक्रमण गरेर निर्माण भएका संरचना हटाउन भनेर सूचना जारी गरे पनि सडक अतिक्रमण गरेका सडकमै व्यापार गरेका ब्यापारीहरुले सूचनालाइ अटेरी गर्द आएका छन् भने सम्बन्धित निकायले कुनै पहल गरेको स्थानीयकाे दाबी छ ।

सडक अतिक्रमण हट्न नसक्दा बजार नै अस्तब्यस्त बनेको छ । नगरपालिकाको सूचनालाई बेवास्तागरी सडक अतिक्रमण गरेको प्रति नगरपालिका अब थप कडा रुपमा प्रस्तुत हुने शिवराज नगरपालिकाका प्रमुुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले बताए । उनले भने “अब सडक अतिक्रमण हटाउन , नगरका कार्य समिति , सडक समिति , स्थानिय संघ स्थहरु जुटेर उक्त विषयको निर्णय लिनुपर्छ ।”

kapilvastu market

शिवराज नगरपालिकाको मुख्य शहरको रुपमा रहेको चन्द्रौटा चोकमा राखिएको डिभाईडरले अव्यवस्थित भएको स्थानियको भनाई छ । सडकमा डिभाइडरलाई उचित स्थानमा नराख्दा दुर्घटना बढे पनि यसमा नगरपालिकाले ध्यान दिन नसकेको स्थानीयले आराेप लगाएका छन् ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *