Press "Enter" to skip to content

Nepal Communist Party का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसकाे सन्दर्भमा सरावल -४ ललितपुरमा वृक्षारोपण कार्यक्रम

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव (Puspalal Shrestha) पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसकाे सन्दर्भमा सरावल -४ ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल सरावल गा.पा. कमिटी ,अनेरास्ववियु सरावल गाउँपालिका कमिटीकाे संयुक्त अायाेजनामा ४३ औं पुष्पलाल स्मृति दिवसकाे सन्दर्भमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हाे ।

राष्ट्रिय युवा संघ नेपाल सरावल गाउँपालिका कमिटी संयाेजक पुर्णबहादुर चाैधरीकाे अध्यक्षता र  लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले नवलपरासी जिल्ला कमिटि अध्यक्ष माननीय दिपेन्द्र कुमार अधिकारीकाे प्रमुख अतिथिता तथा सरावल गाउँपालिका वडा नम्बर -५ का वडा अध्यक्ष , नेकपा एमाले नवलपरासी जिल्ला कमिटी सदस्य दिनेश सहानिकाे विशिष्ट अतिथितामा ४३ औं पुष्पलाल स्मृति दिवसकाे सन्दर्भमा सरावल -४ ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि अधिकारीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठकाे ४३ अाै स्मृति दिवसको सन्दर्भमा अाज नवलपरासी जिल्लाकाे विभिन्न ठाउँमा कतै वृक्षारोपण र कतै अन्र्तक्रिया कार्यक्रम गरेर मनाउने क्रम जारी रहेको अध्यक्ष अधिकारीले बताउनु भयो ।

साथै ४३ अाै पुष्पलाल स्मृति दिवसको सन्दर्भमा राष्ट्रिय युवा संघ नेपाल सरावल गा.पा. कमिटी ,अनेरास्ववियु सरावल गाउँपालिका कमिटीले वृक्षारोपण कार्यक्रम गरि दिवस मनाउँदै गरेकोमा खुसि ब्यक्त गर्दै कमिटीका युवा तथा विद्यार्थीहरुलाई धन्यवाद समेत दिए ।

puspa lal shrestha memorial day

साे कार्यक्रममा बाेल्दै विशिष्ट अतिथि सहानिले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले जुन सिङ्गो पार्टीलाई याेगदान गरेका छन , त्याे पार्टी र पार्टीका सम्पूर्ण युवा विद्यार्थीहरुकाे लागि अपरिहार्य रहेको बताए । साथै उहाँको ४३ औं स्मृति दिवसकाे सन्दर्भमा वृक्षरोपण कार्यक्रम गरि दिवस मनाउँदै गरेकोमा एउटा सिङ्गो सरावल गाउँपालिका र नवलपरासी जिल्लाका सम्पूर्ण पार्टीका युवा तथा विद्यार्थीहरु प्रति गर्भकाेकुरा भएको बताउनुभएको हाे ।

कार्यक्रममा नेकपा एमाले नवलपरासी जिल्ला कमिटी सदस्य सुखाडि प्रसाद चाैधरी , देवराज चाैधरी ,तुलसि ठाकुर, युवा नेता सुरेश यादव ,राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सचिवालय सदस्य तथा नेकपा एमाले नवलपरासी जिल्ला कमिटी सदस्य भेषनारायण चाैधरी , राष्ट्रिय युवा संघ नेपाल नवलपरासी जिल्ला कमिटी सदस्य बलिराम ठाकुर , कुमार चाैधरी , रमेश

सहानि ,कार्यलय सदस्य गाेपिचन्द्र हरिजन ,श्रीराम गाैड ,अनेरास्ववियु नवलपरासी जिल्ला कमिटी सहसंयाेजक सन्जय माैर्य , कार्यलय सदस्य सुरेन्द्र कुमार प्रजापति ,सदस्य सम्सुदिन पठान ,सुदिप राजभर,नवराज घिमिरे ,पत्रकार कृष्ण ढकाल लगाएतकाे अतिथिहरुले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन अनेरास्ववियु सरावल गाउँपालिका कमिटी संयाेजक महेश यादवले गर्नुभएको थियो ।

महेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
1
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *