पश्चिम नवलपरासीकाे विभिन्न स्थानमा रहेको गण्डक नहरहरुकाे मर्मतसम्भार तथा सरसफाइ कार्य गरिएको छ ।
जिल्ला भित्रका विभिन्न खेतीयोग्य जमिनमा नियमित सिँचाइ गर्नका लागि गण्डक नहरको मर्मतसम्भार कार्य सुरु गरिएको छ ।
बर्सेनि नहरमा भरपुर पानी अाउन समस्या भएपछि जिल्ला भित्रका सम्पूर्ण गण्डक नहरहरुकाे सरसफाइ गरि खेतीयोग्य जमिनमा नहरको पानिबाट सिचाइ गर्न सझिलाे हुने र किशानहरुलाई मद्दत पुग्ने गरि सहज बनाईकाे छ ।
नेपाल सरकारले देशभित्रका सम्पूर्ण गण्डक नहरहरुकाे वृहत मर्मत सम्भार तथा सरसफाइ गरिरहेको छ । प्रत्येक ५० बर्षभित्र नहरको पुनरसंरचना गर्ने कार्य अन्तर्गत सरकारले ६० करोड रुपैयाँको बजेट लगानीमा नेपाल गण्डक पश्चिम नहर सिँचाई प्रणालीलाई व्यवस्थित गर्ने र खेतीयोग्य जमिनमा पानी पुर्याउने उदेश्यले गण्डक नहरको वृहत सरसफाई तथा मर्मत सम्भार कार्य गरिरहेको हाे ।
लामो समयदेखि गण्डक नहरको मर्मत सम्भार तथा सरसफाइ नभएको र नहरका साईफन,गेट, कुलो जस्तो विभिन्न संरचनाहरु जिर्ण भएर भत्किएकाले नहरमा आवश्यक मात्रामा पानी नआउने कारणले खेतीयोग्य जमिनहरुकाे सिँचाइबाट किसानहरू बन्चित भएका पनि थिए । तर यश वर्षदेखि गण्डक नहरमा पानि भरपुर मात्रामा अाएपछि किसानहरु खुसि भएका छन ।
नेपाल भारत गण्डक सम्झौता अनुसार भारत सरकारले जिल्लाको साविक २२ गाउँ विकास समितिका खेती क्षेत्रलाई सिँचाई हुने गरि वि.सं. २०३६ सालमा नहर सिँचाई प्रणाली बनाई नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । वि.सं २०२४ सालबाट गण्ङ नहरको संरचना निर्माण कार्य शुरु भएर वि.स. २०३५ सालमा सम्पन्न भएको थियो ।
नेपाल गण्डक पश्चिम नहर सिँचाई प्रणाली जल उपभोक्ता समिति नवलपरासीका अध्यक्ष हैदर अलि मोमिनले बताउनुभएको छ ।
महेश यादव
Be First to Comment