कपिलवस्तु, नेपाल: कपिलवस्तुको कृष्णनगरमा राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर सचेतनामूलक व्यानर प्रदर्शन गरि दिवस मनाइएको छ ।
“महिलाको सुरक्षा र अधिकार : संकटकालीन व्यवस्थापन हाम्रो सरोकार” भन्ने मुल नाराका साथ शान्ति पुन:र्स्थापना गृह कपिलवस्तुको आयोजना, कृष्णनगर नगरपालिका, महिला बाल बालिका शाखा, र इलाका प्रहरी कार्यालय कृष्णनगरको सहकार्यमा सचेतनामूलक व्यानर प्रदर्शन गरि दिवस आइतबार मनाइएको गृहले जनाएकाे छ ।
दिवसमा सचेतनामूलक कार्यक्रमकाे योजना भए पनि कोभिड महामारी कारण मुलुक नै लकडाउन अवस्थाबाट गुज्रिरहेकाे परिस्थितिलाई मध्यनजर गर्दै सरोकारवालासँग भौतिक रुपमा उपस्थितिमा कार्यक्रम सञ्चालन नगरिएको शान्ति पुनर्स्थापना गृहको सूचना तथा परामर्श केन्द्रकी जिल्ला संयाेजक निशा पन्थाले जानकारी दिइन् ।
याे कार्यक्रम प्रत्येक बर्ष भव्य गर्दै आए पनि यस बर्ष काेराेना प्रभावित भएकाेले नेपाल भारतको सिमा क्षेत्रमा सुरक्षाका सम्पूर्ण मापदण्ड प्रयोग सहित सचेतनामूलक व्यानर प्रदर्शन गरि तेस्रो राष्ट्रिय महिला दिवस मनाइएको समेत उनले जनाइन् ।
राम अवतार चाैधरी
Be First to Comment