Press "Enter" to skip to content

गृह जिल्लामा विप्लवले गरे जनस्वास्थ्य सेवा केन्द्र भवनको शिलान्यास

चन्द्राैटा(कपिलवस्तु): कपिलवस्तुको शिवराज नगरपालिका-९, बानियाँभारमा जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरिएको छ । नेकपाका महासचिव नेत्र विक्रम चन्द(विप्लव)ले गृह जिल्लामा मंगलबार भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै विप्लवले कोरोनाको दोस्रो लहरको जोखिम बढ्दै गएपछि संक्रमितको स्वास्थ्यलाई मध्यनजर गर्दै केन्द्र भवनलाई प्राथमिकता दिएकाे उनले बताए ।

आफू लगायत पार्टीले जनस्वास्थ्य सेवा केन्द्रलाई अझै विस्तार र गुणस्तरीयता प्रभावकारी ढंगले सेवा प्रदान गर्न सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत विप्लवले व्यक्त गरे ।

जनस्वास्थ्य सेवा केन्द्रबाट दीर्घकालिनरुपमा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रबन्ध सहित अगाडी बढाउने उनले जनाए । सबैले मिलेर यसलाई समयानुसार विस्तारै सुविधा सम्पन्न अस्पतालको रुपमा विस्तार गर्नुपर्नेमा विप्लवले जाेड दिए ।

कोरोना महामारीलाई परास्त गर्नु मानवीय कर्तव्य भएको बताउँदै आम नागरिकको स्वास्थ्यलाई ध्यान दिनु वर्तमान आवश्यकता भएको उनले जिकिर गरे ।

यस विषम परिस्थितिमा हामी सबैले अ-आफ्नो ठाउँबाट अहम भूमिकाको जिम्मेवारी निर्वाह गर्न आम नागरिकलाई सचेत रहन समेत विप्लवले आग्रह गरे ।

उक्त केन्द्र भवन नेपाल कम्युनिष्ट पार्टीले आफ्नै ६३ लाखको लागतमा भवन निमार्ण हुन लागेको जनस्वास्थ्य सेवा केन्द्रकाे भवन निर्माण समितिका अध्यक्ष यादव चन्दले बताए । केन्द्र भवन निर्माण कार्य एक महिना भित्रै सम्पन्न गरिने अध्यक्ष चन्दले जानकारी दिए ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *