नवलपरासी: पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा दाईजो प्रथा बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको छ ।
बालिका समृद्धि संवाद केन्द्रकाे अायाेजना तथा एविसि नेपाल स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे सहकार्यमा दाईजो प्रथा बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सरावल- ४ बडसारमा सम्पन्न भएको हाे ।
संवाद सहयोग समितिका अध्यक्ष बारकल्लाह खानकाे अध्यक्षता तथा वडा नम्बर ४ का वडा सदस्य जन्तिरि सहानिकाे प्रमुख अतिथता र समाजसेवी सुरेश प्रसाद यादवकाे बिशिस्ट अतिथतामा दाईजो प्रथा बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि सहानिले दाईजो प्रथा एक जगन्य अपराध हाे । तर पनि हाम्रो समाजमा दाईजाे प्रथा लेनदेन गर्ने प्रबृत्ति ब्यायपक रहेको छ । अाफ्नाे छाेरिकाे विवाह गर्दा अामा बुबाले निकै नै परिश्रम गर्नु पर्छ । तर त्यहि केटा पक्षकोले दाईजो लिएर समस्या झन बढाई दिन्छ । र जसले गर्दा छाेरिकाे बिवाहमा ऋण लिएर विहे गर्नुपर्ने अवस्था सिर्जना उत्पन्न हुन्छ ।
र यसरी नै मानिसको जिवनमा दुख खेप्नु पर्ने हुन्छ ।उहाँले यस्ता समस्या समाधान गर्न र समाजमा दिनप्रतिदिन बढ्दै गरेको दाईजो लिने प्रथालाई अन्तय गर्न यस्ता कार्यक्रम गर्न अावश्क भएको बताएईन । र उहाँले अाफु स्वयम दाईजो प्रथा बिरुद्ध अावाज उठाउन लागि पर्ने बताउनुभएको थियो ।
साे अवसरमा बाेल्दै बिशिस्ट अतिथि यादवले नेपाल सरकारले दाईजो लिने प्रथा अन्तय गर्नकाे लागि अन्तय गर्नकाे लागि ऐन कानुन बनाएकाे छ । तर पनि ग्रामीण क्षेत्रमा दाईजाे लिने प्रथा अन्तय भएको छैन । र याे प्रथालाई अन्तय गर्नकाे लागि समुदायमा जनचेतना जगाउन अावश्यक रहेको बताए ।
साथै उहाँले दाईजो लिनेप्रथालाई अन्तय गर्नकाे लागि हामी सबै जना लाई अाफ्नै घरदेखि , छरछिमेकीक र समुदायमा जनचेतना भैलाएर दाईजो प्रथा लेनदेनमा राेक लगाउन अावश्क रहेको बताएका थिए ।
उहाले युक्त समस्या लाई समाधान गर्नकाे लागि अाफु सधै लागि पर्ने बताउदै अायाेजक संवाद केन्द्रलाई धन्यवाद समेत दिनुभएको थियो ।
कार्यक्रममा अतिथिहरुमा शक्ति संवाद केन्द्रका सहयोग समितिका अध्यक्ष माेहम्मद सलिम राईन , न्यायीक सराेकार संस्थाका अध्यक्ष माेहम्मद ईजहार शेख ,बडसार मदर्शा अध्यक्ष , साबिर अलि शेख , पत्रकार महेश यादव, एविसि नेपालकि सुपरभाइजर साईदा निशा पठान , प्रतिभा किशोर किशोरी सञ्जालका अध्यक्ष बुद्धसागर गुप्ता लगायतले मन्तव्य राख्नु भएको थियो ।
महेश यादव
Be First to Comment