Press "Enter" to skip to content

आखिर थारूका किन र कुन पर्व लोप हुदै गए

हरेक समुदायले आ-आफ्नो चालचलन तथा परम्परा अनुसार पाेशाक देखि लिएर खानपान सम्मका प्रत्येक क्रियाकलाप गर्नु सह्रनिय मानिन्छ । जस मध्ये संस्कृतिमा निकै धनी थारु समुदाय पनि एक हाे । प्रकृति पूजक थारु जातिले देशकै शिर उठाउने अंशकाे रुपमा रहे पनि सम्बन्धित निकायबाट थारुसँग सम्बन्धित कयौं सुन्दर र ऐतिहासिक परम्परा संरक्षण र प्रबर्द्धनमा सुनवाइ नभएकाे थारु अगुवा दावी गर्दै आएका छन् ।

थारु समुदायले संघर्ष गर्दै जिवित राखेका केही ऐतिहासिक मूल बासीकाे मुल्यमान्यता र इतिहास बोकेका चालचलनमा विभिन्न जनविश्वास राखी पुर्खाैँ पुर्खा देखि पूजा अर्धाना गर्दै आएकाे परम्परा छ । पछिल्लो समय निकै महत्त्व बाेकेकाे रीतिरिवाज वर्तमान समय सापेक्ष अनुसार युवा पुस्तामा हस्तान्तरण गर्न नसक्दा ओझेलमा पर्दै आएकाे देख्न सकिन्छ ।

Tharu people Nepal

थारु समुदायले विभिन्न विकृति र विसंगतिलाई चिर्दै समाजमा नकारात्मक प्रभाव पर्ने परम्परालाई त्याग गर्दै यहाँ सम्म पुगेकाे थारु अगुवा बताउँछन् । थारु जातिले मनाउने थुप्रै परम्पराहरु माघ टिउहार, ढुरेहरी, ढुरिया (बैसाखी), चंलावट र हरेरी पूजा लगायत अन्य रीतिथिति रहेकाे बुझिन्छ । त्यसै अन्तर्गत ढुरिया र चंलावट पूजालाई थारु जातिले भाैगाेलिक विविधता अनुरुप फरकफरक रुपमा मनाईने गरेकाे पाईन्छ । तर कपिलवस्तुको थारु समुदायले यी दुई वटै पूजा एकै साथ बिशेष महत्वकाे रुपमा प्रत्येक बर्ष मनाउने गर्दछ ।

https://youtu.be/SYcRf02AE6E

यस पूजा हरेक बर्षको बैशाख देखि जेठ महिना सम्म पूजा गरि आफ्नाे समुदाय भित्र रहेका राेग ब्याधी हट्ने जनविश्वास रहेकाे छ । खेतीपाती सुरुवात हुनु पहिले गरिने यस पूजाले अन्न प्रसन्न हुने गरेकाे साथै खेतीपातीका क्रममा देवी देउताले आइपर्ने संकट दुर गर्ने बताईन्छ । ढुरिया (बैसाखी), चंलावट पूजासँगै गर्ने गरे पनि केही फरक भएकाे गुरवा श्रीराम थारुले बताए ।

ढुरिया पूजाले अन्न प्रसन्न हुने र आम मानिसमा जाेश जाँगर उत्पन्न हुने बताउँछन् । यस्तै चंलावट पूजाले हात्ती घाेडा गाउँ बाहिर जाँदा राेग ब्याधी टाढा लैजाने विश्वासका साथ पूज्ने गरेकाे गुरवा थारुले जानकारी दिए । त्यसैगरी यस दुबै पूजाले आफ्नो समुदायमा सुख, शान्ति, समृद्धि र रोग ब्याधी लाग्नबाट सुरक्षित रहने थारु युवा समाजसेवी सुरेश थारुले विश्वास व्यक्त गरे ।

ढुरिया पूजाका सामाग्री

अरहरले बनाइएको तीन खुट्टे सानाे खाँबाे, माटाेले बनाएकाे भाँडाे (परई), एक बाेट्टल दारु (छाँकी), पक्की हाेम, एउटा कुखरा (भाले), बाँसकाे सिठाे, बतासा (प्रसाद), घ्यु, धजा (तुल) लागयतका सामाग्रीले गाउँ बाहिर गुरवा (झाक्री)ले पूजा गरि आफ्नाे समुदायकाे सुरक्षाका लागि कूल देवतासँग माग गर्दछ ।

चंलावट पूजाका सामाग्री

यस पुजामा माटाेका एक वटा हात्ति, सात वटा घोडा आठ वटा दिया बनाएर गाउँको पश्चिम पट्टि बाटाेमा हात्तिलाई अगाडि र घोडालाई पछाडी राखेर दियामा (छाकी) दारु, कपुर र अगरबत्ती चढाईन्छ । साथै निमको पात, बेसार र पानी घोलेर बनाइएको पदार्थ (ढरकावन), एक वटा माटाको कराहीमा घ्यु, नरिवल छुहारा मिसाएर बनाएको एक प्रकारको वस्तु (होम) लाई चुलो बनाएर (गुरुवा) झाँक्रीले चढाउने र गाउँको चारै कुनामा बाँसको हाँगमा धजा (तुल) बाँधी गाड्ने साथै गाउँभरिका मानिस एक ठाउँ जम्मा भई पूजा गर्ने गरेका शिवराज नगरपालिका–३, भितरियाका समाजसेवी प्रेम बहादुर थारुले बताए ।

भितरिया गाँउका अगुवा समाजसेवी हरजु थारुले थारु समुदायमा यो चलन अहिलेको नभएर आजा पूर्खा देखि मान्दै आएका परम्परागत चाल चलन विकृतिको रुप लिएको छ भने हामीले त्याग्नु जरुरी हुन्छ । राम्रो संस्कारलाई अवलम्वन गर्नुपर्छ अनि मात्र थारु समुदायको मुहारमा सकरात्मक परिवर्तनको केन्द्र बन्न सक्ने थारुले बताए ।

Tharu Nepal news

उनले भने थारु समुदायमा नयाँ पुस्तालाई पुराना संस्कृति हस्तान्तरण गर्न नसकिएकाले केही असल परम्परा लोप हुँदै गएकोमा असन्तुष्टि पोख्दै नवा युवा पुस्ताले पनि उत्तम संस्कारलाई सकरात्मक लिइ अगाडी बढेमा समुदायमा निकै राम्रो प्रभाव पर्ने उनको भनाई छ ।

https://www.youtube.com/watch?v=nBu_aua-XNE

राम अवतार चौधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from मनोरन्जनMore posts in मनोरन्जन »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *