Press "Enter" to skip to content

मनिमुकुदंले जीत पाएको हो की लडेको हो? News of Nepal

कपिलवस्तुको चन्द्रौटामा आयोजित भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द क्लबले जित हाँसिल गरेकाे छ । उक्त भलिबल प्रतियोगिता असाेज १ गते सञ्चालन भएकाे थियाे । बुधबार भएको फाईनलमा पुरुष तर्फ गलकोट बाग्लुङ र मणिमुकुन्द क्लव बिच प्रतिस्पर्धा भएको थियो ।

खेलको अन्तिम समयमा विवाद भएपछि गलकोटले मैदान छाडेको थियो । रेफ्रिको निर्णय विपरित मैदान छोडपछि मणिमुकुन्दले प्रथम जित हासिल गरेको बताइएको छ । साे क्लबले १ लाख १ हजार पुरस्कार प्राप्त गरेको छ ।

राईजिङ स्टार युवा क्लवको आयोजनामा आयोजित खेलमा तेस्रो स्थान भने आयोजक ए ले हात पारेको छ । त्यस्तै महिला तर्फको खेलमा लाफा समूह र एभरेष्ट क्लब भिडेका थिए जसमा एभेरेष्ट क्लवले प्रथम स्थान हाँसिल गरेको छ ।

manikununda 2

प्रतियोगितामा पुरुष भलिबल तर्फ खुल्ला सहभागितामूलक प्रतियोगितामा भाग लिन रुकुम, रोल्पा, तनहुँ , स्याङ्जा पर्वत लगायत जिल्लाका खेलाडी सहभागि भएका थिए ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार नगद रु १ लाख १ हजार, द्वितीय पुरस्कार ७१ हजार, तृतीय पुरस्कार ४१ हजार , सान्त्वना पुरस्कार नगद २१ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार राखिएको थियो ।

महिला तर्फ हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १५ हजार , द्वीतीय हुने टिमले नगद रु ५ हजार प्राप्त गरेको क्लवका अध्यक्ष प्रदिप थापाले बताए । खेलमा उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो । सबैको सहयोग रहेकोले खेल सफल भएको खेल संयोजक शैलेन्द्र पुनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, नगर प्रमुख नेत्रराज अधिकारी, वडा अध्यक्ष टेकलाल सापकोटा, मुख्य प्रयोजक जिवलाल पौडेल लगाएतले पुरस्कार वितरण गरेका हुन् ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *