Press "Enter" to skip to content

सरावल गाउँपालिकाद्धारा बाडिपिडिहरुलाई राहत वितरण

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकामा बाडिपिडितहरुलाई राहत सामाग्री वितरण गरिएको छ ।

सरावल गाउँपालिकामा बाढिबाट डुबान भएको विस्थापित घरपरिवारहरुलाइ राहत सामाग्री वितरण गरिएको हाे ।

काेइकाकाे अार्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम् सहमतिकाे अायाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी अन्तर्गत स्थानीयद्वारा पहल परियोजना तथा सरावल गाउँपालिकाकाे समन्वयमा सरावल गाउँपालिका वडा नम्बर ६ का बाढिपिडितहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हाे ।

सरावल विपद ब्यवस्थापन समिति अध्यक्ष एवं गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा वडा नम्बर ६ का ४५ घरधुरीलाई राहत स्वरूप खाद्यान्न सामाग्री बितरण गरिएको छ ।

बर्सेनि बाडिले पालिका भित्रका विभिन्न क्षेत्रमा बालिनालि क्षतिहनुका र डुबानमा परि केही घरपरिवार पुर्णरुपमा विस्थापित हुने गरेको बताउदै विस्थापित भएको घरपरिवारहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएकाे पालिका अध्यक्ष चाैधरीले बताए ।

sarawal Nepal

उहाँले बाडिबाट डुबानमा परेका र विस्थापित भएको घरपरिवारहरुलाई दैनिक जिवन अापन गर्न मद्दत पुगाेस भनी पालिकाले विभिन्न संघसंस्थाहरुकाे समन्वय र सहकार्यमा खाद्यान्न सामाग्री वितरण गरेको र पालिका बासिहरुकाे दुख सुखमा सरावल गाउँपालिका र अाफु स्वयंम सदैव साथ सहयोग गर्ने  बताउनुभएको थियो ।

बाढिबाट डुबानमा परि विस्थापित भएकाे घरपरिवारहरुलाई काेइकाकाे अार्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम् सहमतिकाे अायाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी अन्तर्गत स्थानीयद्वारा पहल परियोजना तथा सरावल गाउँपालिकाकाे समन्वयमा प्रती ब्यक्ति चामल २५ किलो ,दाल ५ किलाे ,तेल २.५ किलो ,अायाेडिन नुन २ किलो ,चिउरा ३ किलो ,बिस्कुट १२ वटा,दालमाेट १ किलो ,डिटाेल साबुन ३ वटा,कपडा धुने साबुन ३ वटा,दन्त मन्जन १ वटा ,दन्त ब्रस ३ वटा,त्रिपाल २ वटा ,बाल्टी १ वटा ,प्याड १ वटा,झुल २ वटा लगाएतकाे खाद्यान्न सामाग्री वितरण गरिएको हाे ।

गाउँपालिकाकाे उपाध्यक्ष उत्तमा राय ,प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश  पाैडेल ,वडा नम्बर २ का वडा अध्यक्ष सम्भु चाैधरी,वडा नम्बर ५ का वडा अध्यक्ष दिनेस सहानि,कार्यपालिका सदस्य जन्तिरा सहानि,जिविकाे पार्जन अधिकृत दुर्गा जेठारा, विज्ञ सुनिल दुलाल

खरिद परामर्शदाता कृष्ण पाडेय ,विपद ब्यवस्थापन संयाेजक अब्दुल रज्जाक , परियोजना सहजकर्ता कविता कलवार लगाएतकाे उपस्थितिमा राहत स्वरूप खाद्यान्न सामाग्री वितरण गरिएको हाे ।

महेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
1
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *