कपिलवस्तु: कपिलवस्तुको बुद्धभुमि नगरपालिका-९, इमिलियामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल स्वयंसेवी रक्तादाता समाजको रुपन्देहीको आयोजना र ग्लोबल डेरी प्रालि कपिलवस्तुको विशेष सहयोगमा शनिबार भएकाे रक्तदान कार्यक्रममा ३० भन्दा बढी व्यक्तिले रक्तदान गरेकाे पिन्टु राम थारुले जानकारी दिए ।
रक्तदान कार्यक्रमलाई सम्बाेधन गर्दै ग्लोबल डेरि प्रा.लि.अध्यक्ष थानेशवर न्यौपानेले बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला रक्तदान कार्यक्रममा सहयोग गरेको जनाए । काेभिड-१९ महामारीको बेला संक्रमितलाई भैरहेको रगत अभाव हुन नदिन उक्त कार्यक्रमलाई प्राथमिकता दिएकाे न्याैपानेले जिकिर गरे ।
यस्तै ग्लोबल डेरिका सिनियर एकाउन्टेन्ट प्रेम नारायण भुसालले “प्रत्येक स्वास्थ्य युवायुवतीले आफ्नो १८आैँ जन्माेत्सवसँगै रक्तदान गराैँ” भन्ने उद्देश्यका साथै रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनि रक्तदान कार्यक्रम आयाेजना गरिएकाे उनले बताए ।
राम अवतार चाैधरी
Be First to Comment