Press "Enter" to skip to content

फाेनिज कपिलवस्तुकाे नेतृत्वमा श्रेष्ठ, News of Nepal

आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) कपिलवस्तुकाे प्रथम जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । ताैलिहवामा शनिबार सम्पन्न अधिवेशनले शैलेन्द्र श्रेष्ठकाे नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेकाे छ ।

जसकाे उपाध्यक्षमा अनिल थारु चयन भएका छन् भने सचिवमा सिर्जना थारु रहेकी छन् । त्यसैगरी सह सहसचिवमा रचना खासु मगर चयन भएकी छन् भने काेषाध्यक्षमा सुर्य गरुङ सर्वसहमत भएकाे फाेनिजले जनाएकाे छ ।

फाेनिज लुम्बिनी प्रदेशका अध्यक्ष मिलन गाहाले जातीय पहिचान र संविधान कार्यान्वयनका लागि पूर्ण समावेशी सञ्चारमा फाेनिजले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । आफ्नाे जातीय माग मुद्दा सम्बाेधन गर्न आदिवासी जनजाति पत्रकारहरु एकजुट हुना जरुरी रहेकाे उनले बताए । फाेनिजमा आबद्ध भएका सञ्चारकर्मीहरुलाई खाेजमूलक पत्रकारितामा अग्रसर हुने आग्रह गर्दै नव निर्वाचित पदाधिकारीलाई अध्यक्ष गाहाले बढाई तथा सफलताकाे शुभकामना व्यक्त गरे ।

यसैबीच नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले कार्यक्रमलाई सम्बाेधन गर्दै अन्याय तथा ओझेलमा परेका पिडितहरुकाे आवाज उठान गर्नुपर्नेमा जाेड् दिए । पत्रकारले विचलित नभई पेशागत भूमिका निर्वाह गर्नुपर्ने बताउँदै फाेनिजलाई महासंघ र व्यक्तिगतरुपमा पूर्ण साथ सहयाेग गर्ने प्रतिबद्धता समेत बज्राचार्यले जनाए ।

उक्त कार्यक्रममा केन्द्रीय लेखा समिति सदस्य सुन्दर तरामु मगर, फाेनिजका केन्द्रीय पार्षद सदस्य कमल चाैधरी, वरिष्ठ पत्रकार सिताराम चाैधरी र उमाशंकर थारु लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *