Press "Enter" to skip to content

पौडेलको खोजि गर्न कुकुर परिचालन , News of Nepal

विगत केही दिन देखि बेपत्ता रेहेका विक्रम पौडेलको खोजिकार्य गर्न तालिम प्राप्त कुकुर परिचालन गरिएकाे छ । जिल्लाको शिवराज नगरपालिका-५, चन्द्राैटा निवासी ३३ वर्षिय पौडेलको हाल सम्म पनि पत्ता नलागेपछि कुकुर परिचालन गरिएको बताइएको छ ।

लगातार ४ दिन देखि प्रहरी प्रशासन र स्थानिय लगायतले खोजि कार्य गर्दा समेत नभेटिए पछि बेपत्ता पौडेलको खोजीमा तालिम प्राप्त कुकुर सहितकाे प्रहरी टोली परिचालन गरेर खोजिकार्य अगाडि बढाइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख शंकर आचार्यले बताए ।

कर्णाली प्रदेश प्रहरी मातहत रहेको एउटा तालिम प्राप्त कुकुर सहित मंगलबार देखि प्रहरी खोजीकार्यमा जुटेकाे प्रमुख आचार्यले जानकारी दिए । चार दिन बित्दा समेत बेपत्ता पाैडेल नभेटिए पछि प्रदेश मुकामबाट तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली झिकाएर परिचालन गर्न थालिएको समेत आचार्यले जनाए ।

poudel

परिवारजनको निवेदनपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता पौडेलको खाेजतलास जारी रहेकाे जनाइएको छ । बेपत्ता पौडेलले सवार गरेको मोटरसाइकल शनिबार बिहान बुद्धभूमि नगरपालिका-९, स्थित बेल नदी नजिकै बेवारिसे अवस्थामा फेला परेको थियो । मोटरसाइकल फेला परेपछि उनको खोजतलासलाई तिब्रता दिँदा आइतबार बिहान माेबाईल समेत बेल नदि नजिकै भेटिएको प्रहरीले जनाएको छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *