स्थानिय सरकार सबलिकरण अन्र्तगत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको मध्यमकालिन खर्च सरंचना, तर्जुमा अभिमुखीकरण कार्यक्रम आइतबार बर्दघाटमा सम्पन्न भएको छ । नेपाल नगरपालिका संघको आयोजना तथा द एशिया फाउण्डेशन नेपालको सहयोग र रुरल एण्ड अर्वन कन्सल्ट प्रालिको सहजिकरणमा सो कार्यक्रम सम्पन्न भएको हो ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मध्यमकालिन खर्च सरंचनाको अवधारणा, मध्यमकालिन खर्च सरंचना तर्जुमा प्रकृया, आवधिक याजनाको पुनरावलोकन र नगर प्रोफाइलको अवस्था एवं योजना बैंक र मुख्या योजना आयोजनाहरु तथा विषयगत समितिहरु संग छलफल र फोकल पर्सन छनौट एवं समाग्री संकलनका बारेमा कन्सल्टका सहजकर्ता एवं पुर्व सचिव डाक्टर मान बहादु विके, कन्सल्टका सहजकर्ता प्रमोद अर्यालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।
सो अवसरमा नगर उपप्रमुख माया देवी पौडेल, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याय, नगर कार्यपालिका सदस्यहरु, नगरका विभिन्न शाखा प्रमुख, राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधि लगाएत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बर्दघाट नगरपालिकाका योजना शाखा अधिकृत पुष्कर काफ्लेले गर्नुभएको थियो ।
रामु भुसाल








Be First to Comment