Press "Enter" to skip to content

जनगणनामा किन थारुले थारु लेख्नै पर्ने: थाकस केन्द्रीय सदस्य थारु, News of Nepal

थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य जंजिर प्रसाद थारुले सरकारले जारी गर्दै गरेकाे जनगणनामा काेहि थारु नछुटाउने बताएका छन् । जिल्लाको गाेरुसिंगेमा शनिबार आयाेजित एक कार्यक्रममा थारुले यस्ताे बताएका हुन् ।

थाकस कपिलवस्तु जिल्ला कार्य समितिले आयाेजना गरेकाे १२अौँ राष्ट्रिय जनगणना जनचेतना तथा प्रशिक्षण र थाकस नगर कार्य समिति गठन कार्यक्रमलाई सम्बाेधन गर्दै सरकारकाे विपक्षी भएर पनि हाेइन नभएर हाेइन सहि र गल्त ठम्याएर थाकस अगाडि बढ्काे उनले बताए । सरकारले तयारी गरेकाे जनगणनाबारे स्थानीय थारु अगुवाहरु सचेत भई गणनामा सहभागी हुनु जरुरी रहेकाे थारुले जनाए ।

पछिल्लो समय यता थारु भएर पनि गणना गर्न आनाकानी भएको बताउँदै थारु समुदायकाे जनसंख्या कम देखिनु दुःखद रहेकाे बताए । थारु समुदायमा राजनीतिक खिचातानीले गर्दा समुदाय एकरुपता नभएको जनाउँदै भाषा, धर्म, थर र लिंगकाे रुपमा विभेद नभई सद्भभाव कायम गराउन सबैले आ-आफ्नाे ठाउँबाट भुमिका खेल्न महत्त्वपूर्ण रहेकाे सदस्य थारुले जानकारी दिए । थारुहरुकाे विभिन्न थर मध्ये सबैका पछाडि थारु जाेड्न र सत्य तथ्य विवरण गणकलाई टिपाई दिनुपर्नेमा उनले जाेड दिए ।

थाकस केन्द्रीय सदस्य सुमित्रा थारुले हाल हुँदै गरेकाे जनगणनामा वास्तविक थारुकाे अस्तित्व झल्किने पहिचान जाेगाउन आग्रह गरिन् । थारु बाहुल्य भएको क्षेत्रमा थारु गणक पठाउन माग राख्दै थारु अन्तर्गत भएका कुस्मी, राैतार, कठेरिया, दहित, महताे र गच्छदार लगायत लेख्नुकाे पछाडि अनिवार्य थारु लेखिदिन उक्त समुदायका सर्वसाधारण लगायत सराेकारवालहरुलाई उनले जानकारी गराईन् ।

थारु बाैद्ध समाज कपिलवस्तुका अध्यक्ष जलेश्वर प्रसाद थारु समुदायका हरेक नागरिक अगुवाहरुले पछिल्लो समय हराउँदै गरेकाे अस्तित्व माथि खेलवाड भएकाे बताए । हालै सरकारले गर्न लागेकाे जनगणनामा थारु समुदायलाई सचेत रहन र सजग गराउने प्रतिबद्धता समेत जनाए ।

Tharu welfare assembly 2

यसैबीच थारु कल्याणकारीणी सभा बुद्धभुमि नगर स्तरीय सन्तराम थारुकाे संयाेजकत्वमा २१ सदस्यीय कार्य समिति गठन भएकाे छ । जसकाे सचिवमा शिव गुलाम थारु र काेषाध्यक्षमा शिवकुमारी थारु सर्वसहमत चयन भएकाे जिल्ला कार्य समिति सचिव जगतदेव थारुले जानकारी दिए ।

उक्त कार्यक्रम थाकस कपिलवस्तु जिल्ला सभापति उमाशंकर थारुकाे अध्यक्षता, बुद्धभुमि नगर उपप्रमुख मिरा थारु, थाकस पूर्व केन्द्रीय सदस्य भाेजराज थारु, थाकस महिला सभा केन्द्रीय सदस्य कमला थारु र थापस कपिलवस्तु जिल्ला सचिव सरिता थारु लगायत दर्जनाैँ थारु अगुवाहरुकाे उपस्थिति रहेकाे थियाे ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *