Press "Enter" to skip to content

पाल्हिनन्दन गाउँपालिकामा बाढीपीडितलाई राहत सामाग्री वितरण कार्यक्रम सम्पन्न, News of Nepal

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर -२ सुगाैलिमा बाढीपीडितहरुलाई राहत सामाग्री वितरण गरिएको छ ।बेलायत सरकार र स्टार्ट फन्ड नेपालकाे अार्थिक सहयोग एक्सन एण्ड नेपालकाे प्राविधिक सहयोगमा किर्डाक नेपाली र पाल्हिनन्दन गाउँपालिका र एविसि नेपालकाे सहकार्यमा बाडिपिडितहरुलाई राहत सामाग्री वितरण गरिएको हाे ।

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक ) काे प्रमुख अतिथता तथा एविसि नेपालका क्षेत्रीय प्रमुख मनाेज लामिछानेको अध्यक्षतामा बाढीपीडितहरुलाई राहत सामाग्री वितरण गरिएको हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गुप्ताले पाल्हिनन्दन गाउँपालिका बासिहरुकाे सुख दुखमा सदैव साथ सहयोग गर्ने बताए । उहाँले गाउँपालिका बासिहरुकाे समस्यालाई अाफ्नाे समस्या ठानेर कार्य गर्ने र हरेक किसिमका समस्यामा अाफु स्वम र पालिकाकाे तर्फबाट सहयोग गर्ने बताउनुभएको थियो ।

साथै गाउँपालिका बासिहरुले बाढीबाट खेप्नु पर्ने समस्यालाई मध्यनजर गर्दै समस्या समाधानका लागि विभिन्न अाेजना बनाएर कार्य गरिरहेकाे बताउदै विभिन्न संघसंस्थाहरुकाे सहयोगमा अाफु स्वम पहल गरेर राहत सामाग्री वितरण गरिरहेको र पालिकाबाट समेत विभिन्न सामाग्री वितरण गरिएको बताएका थिए । साथै एविसि नेपाल र सहयोगी सम्पूर्ण संघसंस्था तथा किशोर किशोरीहरुलाई समेत धन्यवाद दिनुभएको थियो ।

साे अवसरमा बाेल्दै क्षेत्रीय प्रमुख लामिछानेले पाल्हिनन्दन गाउँपालिका बासिहरुले बाढीबाट खेप्नु परेको समस्यालाई समाधान गर्ने र गाउँपालिका अध्यक्ष साथै विभिन्न संघसंस्था र विदेशी मुलुकहरुकाे समन्वय र पहलमा राहत सामाग्री वितरण गरेको बताए । उहाँले पालिका बासिहरुकाे समस्यालाई अाफु स्वम महसुस गरेको बताउदै समस्या समाधानका लागि विभिन्न संघसंस्था र दातृ निकायहरुकाे सहयोग र पाल्हिनन्दन गाउँपालिका अध्यक्ष ज्युकाे पहलमा राहत सामाग्री वितरण गरिएको बताउनुभएको थियोे ।

nepal flood 2

किशोर किशोरीहरुले गरेको तथ्यांक संकलनबाट वडा नम्बर -२ का १०० घरधुरीहरुलाई चामल -३० किलो , मसुराे दाल -५ किलो ,नुन -२ किलो ,मिक्स गेडागुडी -५ किलो ,चिनि-३ किलो ,ताेरिकाे तेल -३ किलो ,चिउरा -४ किलो , त्रिपाल ( डाेरि सहित ) १ वटा , बाल्टी -१ वटा , जग्गा २ लिटरको -१ वटा ,फिनल ( ५ लिटर ) काे -१ वटा , सेनेटरि प्याड -३ प्याकेट , माक्स -१ प्याकेट , सेनिटाईजर (५००एमएल ) काे -१ वटा , लाईफवाय साबुन -५ वटा र थर्मामिटर -१ वटा गरि प्रतिघरधुरिलाई राहत सामाग्री वितरण गरिएको हाे ।

साे कार्यक्रममा वडा नम्बर -२ का वडा अध्यक्ष रामनगिना सिंह , पत्रकार सुरेश यादव महेश यादव , एविसि नेपालका सुपरभाइजर राजमन बरई , राजेश अार्या , संजित शर्मा , विष्नु परियार , कृति थापा , एकाउन्टेन्ट उमेश देवकोटा , भाेलेनटियर बन्दना थारु , समाजसेवी धमपाल चाैधरि लगाएतकाे उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन किर्डाक नेपालकाे कार्यक्रम संयाेजक विश्वराज लामिछानेले गर्नुभएको थियो ।

Mahesh Yadav

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *