Press "Enter" to skip to content

विधार्थीहरुकोउज्ज्वल भविष्य निमित्त शैक्षिक सामग्री वितरण, News of Nepal

कपिलवस्तुकाे शिवराज-१, शिवपुरमा वडा स्तरिय परियाेजना सल्लाहकार समितिको बैठक तथा शैक्षिक सामग्री वितरण गरिएको छ । शुक्रबार वडा नं.१ मा आयाेजना गरेकाे कार्यक्रममा १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हाे ।

वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै जगत बहादुर जिसीले समाजमा लुकेर रहेका समस्यालाई उजागरी समाधानकाे विकल्प खाेज्न अह्म भुमि खेलेकाे बताए । वडाले समग्र समुदायकाे हितकाे लागि कार्य गर्दै आएकाे जिकिर गरे । वितरण गरिएको शैक्षिक सामग्रीले विद्यार्थीलाई थप उर्जा पैदा हुने बताउँदै लगनशील भएर अगाडि बढ्ने बताए ।

education  2

किर्डाक नेपालकी क्षमता अभिवृद्धि सहजकर्ता अमृता थारुले दिगाे तथा मर्यादित सामाजिक आर्थिक सशक्तीकरण कार्यक्रम (सिडस)ले विगत लामाे समयदेखि समाज रुपान्तरणमा खेलेकाे सकारात्मक भुमिकाबारे प्रकाश पारिन् ।

उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि राम लिले थारु, लक्ष्मी हमाल लगायत विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *