Press "Enter" to skip to content

केवल सिद्धान्त मात्र हैन, बालबालिकाको प्रगति को लागी सूत्रीकरण महत्वपूर्ण छ, चन्द्रौटामा बाल दिवस बहसमै समाप्त, News of Nepal

कपिलवस्तुको शिवराज-५, चन्द्रौटामा राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा बहस कार्यक्रम गरि मनाईएको छ । “सामान्य् अवस्थामा वा कोभिड महामारीमा बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने नारा सहित बाल अधिकार, बालश्रम निवारणका लागि वहस कार्यक्रम गरि बाल दिवस मनाइएको छ ।

व्यापार सघं कपिलवस्तुको सभा हलमा भएको कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले बालबालिका र संचारकर्मीले बाल अधिकारका सवालमा उठाएका प्रश्नको जवाफ दिँदै शिवराज नगरपालिका बालबालिकाको अधिकारका क्षेत्रमा सदैव लागेको बताए । आफू नगर प्रमुखमा निर्वाचित भएको ४ वर्ष पुरा भएर ५ बर्षमा लाग्दै गर्दा बाल अधिकारको क्षेत्रमा र बाल श्रम न्युनिकरणमा धेरै प्रयास गरेको र आगमि दिनमा पनि काम गर्ने उनले प्रतिवद्धता समेत व्यक्त गरे ।

शिवराजका सम्पुर्ण बालबालिकालाई पुर्ण विद्यालय भर्ना अभियानमा शिवराज नगरपलिका लागी परेकाे प्रमुख अधिकारीले जिकिर गरे । आफुले बालश्रमको अवस्था देखेको खण्डमा सम्झाई बुझाइै गर्ने र शिवराजको व्यापार व्यवसायमा अन्यत्रको तुलनामा बाल श्रमको अवस्था कमि भएको पनि प्रमुख अधिकारीले जानकारी दिए ।

यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बालबालिकालाई हरेक तवरबाट अधिकार सम्पन्न राख्नुपर्ने बताउँदै सुरक्षित रहन पढ्न लेख्न पाउने, सहभागिता हुन पाउने खालको अधिकार सुनिश्चित गर्नुपर्ने दावी गरे । बालबालिका र समाजमा प्रहरी प्रतिको धारण सकारात्मक बनाउन विद्यालय–प्रहरी साझेदारी कार्यक्रम, लागुऔषध दुर्व्यसनी, साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बालविवाह, बोक्सी आरोप, बालबालिकामा हुने दुर्व्यवहार जस्ता विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

children day at chandrauta 2

आफुलाई समस्या परेमा प्रहरीमा उजुरी दर्ता गर्न गाह्रो हुने भन्ने बालबालिकाको प्रश्नमा प्रहरी उपरीक्षक कार्कीले समस्यामा परेको खण्डमा पहरीलाई खबर गर्न र पिडामा परेको अवस्थामा प्रहरीले उचित छानबिन गरी न्याय दिलाउने हुँदा उजुरी दर्ता गर्न समस्या नहुने जानकारी दिए ।

यसैबीच मानव अधिकार कर्मी अर्जुन थापाले विभिन्न संघ संस्थाहरु किर्डाक नेपाल, मानवअधिकार निगरानी समिति, दियालो नेपाल लगायतले बालअधिकारको क्षेत्रमा काम गर्दै आईरहेको र समुदायमा बाल क्लबहरु गठन गरी बालबालिकका समस्या र गुनासाहरुको सुनुवाई गर्दै आएको जनाए । बालअधिकारको क्षेत्रमा काम गर्दै आउँदा अझै पनि धेरै बालबालिकाहरु बालअधिकारबाट बञ्चित भईरहेको भन्दै इटा भट्टामा अझै पनि धेरै बालबालिकाहरु विभिन्न कारणले काम गर्न बाध्य भएको हुँदा यसको न्युनिरणमा स्थानिय सरकार, विभिन्न सघं संस्थाहरु पनि लाग्नुपर्ने बताए ।

त्यसैगरी कार्यक्रममा व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले विभिन्न क्षेत्रको व्यापार व्यवसायमा बालबालिकाको प्रयोगलाई अनुगमन गरी बाल श्रम न्युनिकरणमा सहयोग गर्ने बताए । विभिन्न क्लबका बालबालिकाको प्रश्नमाथि जवाफ दिँदै व्यापार सघं केन्द्रिय सदस्य पोख्रेलले व्यवसाय सन्चाल गर्ने क्रममा बालबालिकाको प्रयोग गर्दिन भन्ने प्रतिवद्धतका साथ सुरु गरे पनि विभिन्न कारण र बहानामा बाल शोषण भइरहेको हुँदा आफ्नाे क्षेत्रबाट बाल श्रम न्युनिकरणमा प्रयास गर्ने प्रतिबद्धता जनाए ।

children day at chandrauta 3

दलित मानव अधिकार निगरानी समिति कपिलवस्तुको आयोजना तथा आशा सन्जाल र शिवराज बाल क्लबको समन्वयमा राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको अधिकार तथा बालश्रम न्युनिकरणका विषयमा बहस मुलक कार्यक्रम गरिएकाे आयाेजकले जनाएकाे छ ।

उक्त बहस कार्यक्रम दलित मानव अधिकार निगरानी समिति कपिलवस्तुका अध्यक्ष मिना परियारको अध्यक्षता, किर्डाक नेपालका कार्यक्रम संयोजक श्री भन्डारी, वडा प्रहरी कार्यालय चन्द्रौटा प्रमुख शंकर आचार्य, शिवराजका विभिन्न बाल क्लबका सदस्यहरु, विभिन्न सघं सस्थाका पदाधिकारीको सहभागिता रहेको रहेकाे थियाे ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *