Press "Enter" to skip to content

किसानको मर्का कसले बुझ्ने, किसानहरु रयालीसहित बुझाए ज्ञापन पत्र , News of Nepal

बाढीपीडित किसानको मर्का नबुझेपछि विशाल रयाली निकालेर जिल्ला प्रशासन कार्यालय पक्षिम नवलपरासीमा ३ बुँदे माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र किसानहरूले बुझाएका छन् ।

पछिम नवलपरासीको बाढी नियन्त्रण समवन्य समितिको आयोजना तथा नवलपरासी युवा समाजको सहयोगमा आयोजित विशाल रयाली परासीको बाइपास देखि शुरू भएको किसानहरूको लहर बुद्ध चोक परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा ( १) बाढी नियन्त्रणका उपायहरू तत्काल अबलम्बन गर्नुपर्ने (२) बाढीपीडितले बैंकबाट लिएको ऋण , ब्याज र कर मिनाहा हुनुपर्ने (३) नष्ट बालिनालिको क्षतिपुर्ति दिनुपर्ने लगाएतका जस्ता माग गर्दै जुलुस निकालेका छन् ।

nawalparasi farmers

किसानको समय सान्दर्भिक मागहरु राखेर करिब ६० वर्षदेखि सरावल , प्रातापपुर , पाल्हीनन्दन लगायतका हजारौं किसानहरु बर्सेनि डुबानमा परिरहँदा कानमा तेल हालेर बेखवर बनेका किसानको समस्याप्रति गम्भीर नबनेका निकायको ध्यााकर्षणको लागि “राहत होइन ,समाधान देउ ” भन्ने नारा सहित प्रमूख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाएको नवलपरासी यूवा समाजका अध्यक्ष धर्मेन्द्र गिरीले बताएका छन् ।

Binod Mandal

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *