Press "Enter" to skip to content

३ लाख १५ हजार मुल्य बराबरको अवैध बोईलर कुखुरा तथा मालसामान बरामद, The Horizon Times, News of Nepal

पश्चिम नवलपरासीमा ३ लाख १५ हजार मुल्य बराबरको अवैध कुखुरा तथा मालसामान बरामद भएको छ । भारतबाट भन्सार छलि गरेर अवैध रुपमा ल्याउदै गरेको अन्दाजी २ लाख ३५ हजार मुल्य बराबरको कुखुराका चल्ला लेडिज कुर्ता सुरुवाल,लेडिज साडी जस्ता थान कपडा बर्दघाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अबैध मालसामान बरामत गरेको थियो ।

भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको र नेपालबाट अवैध रुपमा भारततर्फ लैजादै गरेको अंन्दाजी ३ लाख १५ हजार १ सय २ मुल्य बराबरको बिभिन्न मालसामान तथा अवैध वोईलर कुखुरा बरामत गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले जानकारी दिनुभएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर – ४ त्रिवेणी चोकबाट कुखुराकाे चल्ला लाेड गरि ल्याउदै गरेको लु २ च ६८९८ नम्बरको पिकअप जिप र कुखरा धनीलाई समेत प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको थियो । बर्दघाट नगरपालिका वडा नं.४ बस्ने सुमित काउचा मगर समेतलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी पशु क्वारेन्टाईन महेशपुर पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी लामाले जानकारी दिनुभयो ।

त्यस्तै नेपालबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको किसमिस लेखेको ४ कार्टुन र दादा लेखेको ४ कार्टुन मादक पदार्थ (रक्सी), २० लिटर पेट्रोल र ७४ लिटर डिजेल समेत गुठीप्रसौनी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गांउपलिका वडा नम्बर -७ सुर्यपुराबाट बरामद गरेको । प्रहरीले बरामद गरेको मालसामान करिब मुल्य २० हजार ३ सय ७४ बराबर रहेको छ ।

त्यस्तै भारतबाट अवैध रुपमा ल्याउदै गरेको ग्यास चुलो अन अफ गर्ने बटम ,पाईप , रेगुलेटर , स्क्रु प्याकेट, प्रेशर कुकरको नट, बोल्ट, रबर , बनस्पती घ्यु र लेडिज सुट ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउंपलिका वडा नम्बर -२ भक्सीपुरबाट बरामद गरेको छ ।


बरामद गरेको सामानहरु करिब ५९ हजार ७ सय २८ रुपैया मुल्य बराबरको रहेको जनाईएको छ । बरामद गरिएको सम्पूर्ण मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।

महेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *