Press "Enter" to skip to content

हुलाकी राजमार्ग भत्किन सुरु, यो लापरबाही कसको? The Horizon Times

नेपालको पुर्व पश्चिम जोड्ने गरी निर्माणधिन अवस्थामा रहेको हुलाकी राजमार्ग भत्किन थालेको छ । मेचि देखि महाकाली जाेड्ने महेन्द्र राजमार्ग र दक्षिणि भेग भएर जाने हुलाकी लोकमार्ग सञ्चालन नहुँदै भत्किन थालेपछि स्थानीयलाई सास्ती भएको छ ।

hulaki highway starts crumble

सडक निर्माण कम्पनीले समयमा निर्माण कार्य सम्पन्न नगर्दा र निर्माण कार्यमा ध्यान नदिँदा अविर वर्षका कारण सडक भत्किएको स्थानीयले बताएका छन । साथै सम्बन्धित निकायले समयमा निरीक्षण नगरेकोले नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ९ प्रतापपुर पुल क्षेत्रमा सडक खण्डमा वर्षाले माटो बगाउँदा सडक भत्किन थालेको छ । यस्तै परासि देखि प्रतापपुर सम्मकाे निर्माणधिन बाटो समेत ठाउँ ठाउँमा भत्किएको छ ।

जिल्ला यातायात कार्यालयले तत्काल सडक मर्मतमा ध्यान नदिने हो भने आवत जावतमा कठिनाई उत्पन्न हुने र दुर्घटनाको सम्भावना बढ्ने स्थानीयले बताए छन ।

Mahesh Yadav

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *