Press "Enter" to skip to content

शिवराजमा २१ सदस्यीय लायन्स क्लब गठन

कपिलवस्तुको शिवराज नगरपालिकामा लायन्स क्लब अफ शिवराज कमिटी गठन भएको छ । जसको अध्यक्ष कमल पाण्डे, उपाध्यक्ष शान्ता गाैतम, विजय भुसाल ,सचिव कृष्ण प्रसाद पाेख्रेल,सह-सचिव- नविन भण्डारी,काेषाध्यक्ष – बाबुराम पाण्डे सहित २१ सदस्य कमिटी गठन गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

आगामी दिनमा यस क्लवले दिगाे बनेर गरिने समाजसेवाकाे बारेमा विशेष छलफल भएको अध्यक्ष पाण्डेले बताए । समाजमा दिनप्रतिदिन बढ्दै गएकाे विकृति र विसंगतिलाई चिर्नुका साथै सामाजिक उत्तरदायित्व बहन गरि अग्रणी भुमिका खेल्ने प्रतिबद्ध हुने उनले जनाए । समुदायकाे स्थानीयस्तरमा युवाहरुलाई लक्षित गरि कार्यक्रम ल्याउन पहल गर्ने समेत अध्यक्ष पाण्डेले बताए ।

shivraj lions club

कार्यक्रममा क्लबका सल्लाहकार वडा अध्यक्ष टेकलाल सापकाेटा, समाजसेवी बलराम मरासिनी र चनई स्वास्थ्य चाैकी प्रमुख जित बहादुर वि.सी लगायतका सहभागिता रहेकाे थियाे । शनिबार लायन्स क्लब अफ शिवराजद्वारा खरेन्द्रपुरमा आयाेजित कार्यक्रममा सदस्यहरूसँग परिचयात्मक कार्यक्रम र चितवन सिटि मर्सि लाइन्स क्लबबाट अग्रजहरूसँगकाे भेटघाट तथा छलफल कार्यक्रम भएकाे कमिटीले जनाएकाे छ ।

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *