Press "Enter" to skip to content

थारु कल्याणकारीणी सभा द्वारा काेभिडबाट मृतक परिवारलाई राहत

थारु कल्याणकारीणी सभा कपिलवस्तुले स्थानीय विपन्न ५ घरपरिवारलाई राहत वितरण गरेकाे छ । जिल्ला भरी काेभिड प्रभावित भएका थारु समुदायका विपन्न परिवारलाई राहत वितरण गरिएको हाे ।

काेराेना संक्रमित भई मृत्युु भएकाे बाणगंगा नगरपालिका देउवापारका राम किसुन थारु,  बुद्धभुमि नगरपालिका टाँकुका विश्वानाथ थारु, भेलाईका महेश थारु रहेका छन् । त्यसैगरी शिवराज नगरपालिकाका श्यामलाल थारु र भगवानपुरका गाेरा थारु रहेकाे थाकस जिल्ला सभापति उमाशंकार थारुले जनाए ।

यसैबीच थारु कल्याणकारीणी सभा केन्द्रीय सदस्य जंजिर प्रसाद थारुले राहत वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै प्याकेज सानाे भए घाउमा मल्हम लगाउने काम राहतले गर्ने बताए । मृत आत्माकाे कामना गर्दै शाेकाकूल परिवारजप्रति श्रद्धाञ्जली व्यक्त गर्दै केही मात्रामा भए पनि राहत मिल्ने उनले जनाए । आगामी दिनमा तेस्राे लहर जतिबेला पनि आउन सक्ने जनाउँदै आम नागरिकलाई सतर्क रहन आग्रह समेत थारुले गरे ।

Tharu Kalyankarini Sabha

प्रतिघर परिवारलाई ५ हजार रकम बराबरकाे चामल, दाल, नुन, खाने तेल र पिठाे लगायतकाे सामाग्री मृतक परिवारकाे घरघर पुगि राहत हस्तान्तरण गरिएकाे थाकस जिल्ला कार्य समितिले जनाएकाे छ । साथै थारुज एण्ड फ्रेन्डस एसिसियाेसन यू.एस.ए.काे आर्थिक सहयाेग र थाकस केन्द्रीय कार्य समिति काठमाडौंकाे समन्वयमा भएकाे कार्यक्रममा जिल्ला सदस्य कृष्ण थारु, थाकस शिवराज नगर सभापति इन्द्र थारु, सचिव प्रकाश थारु र शिवराज नगर थारु संग्रहालय समितिका उपाध्यक्ष हरि प्रसाद थारु लगायतको सहभागीता रहेकाे थियाे ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *