Press "Enter" to skip to content

सौन्दर्य निर्माणको होड़ बाजीमा कपिलवस्तुमा बिधिवत थारु संग्रहालय, पार्क र भ्यु टावर बन्ने

प्राकृतिक सुन्दरताले भरिपूर्ण देश नेपाल । “चार वर्ण छत्तीस जातकाे साझा फुलबारी” भन्ने भनाई नै काफी छ । विभिन्न कला, संस्कृति र भेषभुषाले सजिएकाे समुदाय नेपालमा पक्कै पनि नभएकाे हाेइन् । विदेशी तथा स्वादेशी आम मानिसको पर्यटकीय गन्तव्य क्षेत्र उल्लेख गर्ने हाे भने महिनाै घुमेर नसकिने अवस्था छ ।

अझै आ-आफ्नो स्थानीय तह लगायत क्षेत्रलाई कृत्रिम साैन्दर्य बनाउने हाेडबाजी व्यापक चलिरहेकाे बखत सुन्दर लाेभ लाग्दाे संरचना निर्माण गर्न कसकाे चाहना नहाेला र ? पर्यटक भित्रराएर दुईचार पैसा आम्दानी गर्न कसले नसाेचेकाे हाेला र ? आफ्नै देशमा राेजगारकाे वातावरण सिर्जना नहाेस भनेर कसले कल्पना गर्न सक्छ र ? यस्तै-यस्तै प्रश्नहरुकाे भण्डार म लगायत हरेक युवाकाे मानसपटलमा खुल्दुली हुनु स्वाभाविक हाे ।

View Tower Kapilvastu

यसै सन्दर्भमा कपिलवस्तुको बुड्ढी ताललाई (Buddhi Lake)सौन्दर्यकरण सहित थारु संग्रहालय निमार्णका लागि बुद्धभुमी नगरपालिकाले प्राथमिकताका साथ यस बर्ष बजेट बिनयाेजन गरेकाे छ । बुद्धभुमी नगरपालिका वडा नं.-४, बुड्ढीमा रहेको ताललाई साैन्दर्यकरण गरि पर्यटकीय स्थलका रुपमा विकास गरिने भएको नगरपालिकाले जनाएकाे छ ।

तालको सौन्दर्यकरण सहित उचित व्यवस्थापनका साथ थारु संग्रहालय निमार्णका लागि बुद्धभुमी नगरपालिकाले प्राथमिकताका दिइएको नगर प्रमुख केशब श्रेष्ठले बताए । उनले डिपिआर तयार भई सकेको बताउँदै ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी थारु संग्रहालय समेत निमार्ण गर्न लागिइएको जनाए ।

Tharu meuseum

नगरमा थारुको बस्ती समेत बाक्लो रहेको र थारु संस्कृति जिवित राख्नुका साथै यसको महत्व बुझाउनका लागि पर्यटकीय क्षेत्रको रुपमा तिव्र विकास गरि अगाडी बढ्ने योजना रहेको श्रेष्ठले बताए । नगर प्रमुख श्रेष्ठले भने “जसका लागि पहिलाे बर्ष करिब साढे ४ करोड बजेटको ब्यवस्थापन समेत गरिइएको छ ।”

Buddhabhumi Municipality Kapilvastu

हालसम्म जिल्लामा बुड्डी तालका रुपमा परिचित सो ताल वरिपरि होमस्टे, बालबालिकाका लागि बाल उद्यान, रिर्सोट, डुङगा सञ्चालन र भ्यु टावर जस्ता संरचना निमार्ण गरि पर्यटकीय स्थालकाे रुपमा विकास गर्ने याेजना रहेकाे समेत बुद्धभुमी नगरपालिकाका प्रवक्ता तथा वडा नः ४ का वडा अध्यक्ष पवन चौधरीले जानकारी दिए ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *