Press "Enter" to skip to content

रोट्रयाक क्लब कपिलवस्तुद्वारा Tharu Museum सिंगारिदै

रोट्रयाक क्लब अफ कपिलवस्तुद्वारा उमरी अवस्थित थारु संग्रहालयमा (Tharu Museum) वृक्षारोपण गरिएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नं. १ उमरीमा वृक्षारोपण कार्यक्रम गरिएको आयाेजकले जनाएकाे छ ।

वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाकी उप प्रमुख शिवकुमारी थारुले रोट्रयाक क्लब अफ कपिलवस्तुले वृक्षारोपण, रक्तदान जस्ता हरेक सामाजिक कार्यमा अग्रसर रहेको भन्दै प्रसंशायाेग्य रहेकाे जानकारी दिइन् । थारु संग्रहालय अझै निमार्णाधिन अवस्थामा रहेकोले आर्थिक वर्ष २०७८-७९ का लागि प्रदेश सरकारबाट १ करोड चार लाख बजेट विनियोजित गरिएकाे समेत उनले बताईन् ।

Rotaract club of Kapilvastu

उप प्रमुख थारुले संग्रहालयकाे डिपिआर देखि थारु संस्कृति झल्काउने खालका भवन तथा सजावटका सामाग्रीको व्यवस्था गरिने जनाउँदै संग्रहालय परिसर भित्र रहेका पुराना रुखहरुलाई संरक्षण गर्ने योजना रहेको समेत थारुले वृक्षारोपणले टेवा पुग्ने जनाईन् । हाल गरिएको वृक्षरोपणले वातावरण साैन्दर्य हुनुका साथै अक्सिजनमा समेत वृद्धि हुने उनले बताइन् ।

त्यसैगरी रोट्रयाक क्लब अफ कपिलवस्तुको आयोजना तथा डिभिजन वन कार्यालय गौतमबुद्ध चन्द्रौटाको सहयोगमा बिहीबार भएकाे कार्यक्रम जुलाई १ देखि रोटा वर्षको कार्यकाल सुरु हुने अर्थात रोट्रयाक क्लब अफ कपिलवस्तुको एक वर्षको कार्यकाल शुरु हुने भएकाले सोही अन्तर्गत समय सन्दर्भ अनुसार वृक्षारोपण कार्याक्रमको आयोजना गरिएको २०२१-२२ का प्रेसिडेन्ट शिशिर पोख्रेलले जानकारी दिए ।

Shiv Kumari Chaudhary

संग्राहलय परिसरमा लगाइएकाे बिरुवालाई वर्ष भरि नै संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक कार्यमा अग्रपंक्तिमा रही कार्य गरिने प्रेसिडेन्ट पोख्रेलले जिकिर गरे । यस कार्यक्रमले संग्रहालय हरियाली हुने बताउँदै १ सय वटा बिरुवा वृक्षरोपण गरिएको समेत उनले बताए ।

उक्त कार्यक्रम रोट्रयाक कल्व अफ कपिलवस्तु २०२१-२२ का प्रेसिडेन्ट शिशिर पोख्रेलको अध्यक्षता, शिवराज नगरपालिकाका उपप्रमुख शिव कुमारी थारुको प्रमुख आतिथ्यता, चार्टर प्रेसीडेन्ट रोटरियन टोपलाल पोख्रेलको विशिष्ट आतिथ्यता, जोन २९ का प्रेसिडेन्ट दिपक घिमिरे, व्यापार संघ कपिलवस्तुका महादेव पोख्रेल लगायतकाे सहभागिता र राेट्रयाकका भ्वाइस प्रेसिडेन्ट गोपाल बन्जाडेकाे सञ्चालन रहेकाे थियाे  ।

राम अबतार चौधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *