Press "Enter" to skip to content

Kapilvastu, Nepal मा मुस्लिम मान्छेले गोठमा लुकाई छिपाई राखेको हातहरियार बरामद

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बाख्रा गाेठमा लुकाई छिपाई राखेकाे हातहतियार बरामद गरेकाे छ । जिल्लाको कृष्णनगर-८, लोहरौला बस्ने अन्दाजी ३२ बर्षिय अस्लम मुसलमानको घरबाट दिउँसो ४ बजेको समयमा १ किलाेमिटर उत्तर पुर्व पर्ने आफ्नै खेतमा फुसले छाएको कच्ची बाख्रा गोठमा लुकाई छिपाई राखेको अवस्थामा हातहरियार बरामद गरिएकाे छ ।

हातहतियारबारे शनिबार गोप्य सूचनाकाे आधारमा ईलाका प्रहरी कार्यालय गणेशपुरबाट प्रहरी निरीक्षक रण बहादुर विष्टको कमाण्डमा खटिईएको टोली र ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट प्रहरी निरीक्षक गगन शाहीको कमाण्डमा खटिएको संयुक्त टोलीले खानतलासी गर्दा गोठको छानोको खरमुनि बोरा भित्र लुकाई छिपाई राखेको हातहतियार बरामद गरिएको बताइएको छ ।

प्रहरीका अनुसार १२ बोर बन्दुक२ थान, सर्टगनमा लाग्ने लाईभ कार्टिज (जंगी राउण्ड)५ थान, सर्टगनको पड्किएको खोका ११ थान, करिब ३०० ग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ, ५७ वटा छर्रा र ३ वटा जनावरलाई पासो लगाउने जाल समेत फेला पारी बरामद गरिएकाे छ । अन्दाजी ३२ बर्षिय मुसलमानको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *