कपिलवस्तु, नेपाल: कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-९, बहादुरगञ्जमा अवस्थित शिवराज अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्टमा डा. मुकेश चौधरी नियुक्त गरिएका छन् ।
जेठ १६ गतेको कृष्णनगर नगरपालिकाकाे निर्णय अनुसार चौधरीलाई निमित्त प्रमुख मेसुको जिम्मेवारी दिइएको अस्पतालले जनाएकाे छ ।
यस अघिका अस्पतालका मेसु सत्य लक्ष्मी सक्यले जेष्ठ १५ गते अवकाश पाएपछि मेसु पद रिक्त रहेकाे थियो । मेसुमा डा. चौधरीले नियुक्ति पाए पछि आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पतालको सेवा अझै प्रभावकारी ढंगले चुस्त दुरुस्त बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
अस्पताल जस्ताे संवेदनशील स्थानमा कसैको स्वास्थ्य माथि खेलवाड हुन नदिने जनाउँदै कर्मचारी देखि लिएर स्वास्थ्य सामाग्री सम्म हरेक गतिविधिमा क्रियशिल रहि आफ्नो भुमिका निर्वाह गर्ने समेत डा. चाैधरीले जिकिर गरेका छन् ।
डा. चाैधरी नियुक्ति पश्चात् समाजसेवी निर्भय सिंह लगायत शिवराज अस्पतालका कर्मचारीहरू स्वास्थ्य बीमा संयोजक अरुण चौधरी लगायत समाजिक व्यक्तित्वहरुले बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् l
राम अवतार चाैधरी
Be First to Comment