नवलपरासी: पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ र ५ मा किशोर किशोरीहरुले मुठ्ठी दान कार्यक्रम सम्पन्न गरेको छन ।
नयाँ भेेरियन्ट सहितको कोरोना बाट संक्रमित भएको र मृत्यु भएका गरिब बिपन्न परिवार लाई सहयोग गर्ने उदेश्यले मुठ्ठी दान कार्यक्रम सम्पन्न भएको छ ।
एविसि नेपाल ,स्ट्राेम फाउन्डेसन द्धारा पाल्हिनन्दनमा सञ्चालित एकता किशोर किशोरी सञ्जालकाे अायाेजना तथा स्थानीय बासिहरुकाे साथ सहयोगमा मुठ्ठी दान कार्यक्रम सम्पन्न गरिएकाे हाे ।
सञ्जालका अध्यक्ष हेमलता गुप्ताकाे अध्यक्षतामा नयाँ भेेरियन्ट सहितको कोरोना बाट संक्रमित भएका र मृत्यु भएको गरिब तथा बिपन्न परिवारलाई सहयोग गर्ने भनि मुठ्ठी दान कार्यक्रम गरेको बताएकी हुन ।
साे मुठ्ठी दान कार्यक्रम सञ्चालन गरेर जम्मा गरिएको रकम एवम् अन्न संकलन बाट दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसले गर्दा संक्रमित भएको र मृत्यु भएका त्यस्ता गरिब तथा बिपन्न परिवारहरुलाई सहयोग पुग्ने बताएका हुन ।
साथै नयाँ भेरियन्टले गर्दा गरिब तथा काेराेना संक्रमणले ज्यान गुमाएका केही गरिब र बिपन्न परिवारहरुलाई एक छाक टार्ने मद्दत गर्ने उदेश्यले याे मुठ्ठी दान कार्यक्रम सञ्चालन गरेको अध्यक्ष गुप्ताले बताएईन ।
महेश यादव
Be First to Comment