Press "Enter" to skip to content

थारु पुर्खाैली सामग्री जुटाउन युवा सक्रिय, Nepal News

थारु समुदाय यतिबेला समुदायकाे अस्तित्व झल्किने पुर्खाैली सामग्री संकलनमा जुटेकाे छ । पहिचान जाेगाउन पछिल्लो समय लाेप हुँदै गएका खासगरी हस्तकला सामग्री संकलनकाे तयारी जुटेकाे हाे ।

थारु साँस्कृतिक संरक्षण केन्द्र कपिलवस्तुका अध्यक्ष पवन कुमार थारुले विशेषगरी बुद्घभुमि नगरपालिकाभित्र रहेका थारु जातिको घरघरमा पुगी सामग्री संकलन गरिरहेको बताए । ढकिया, डेल्वा, डाेकवा, मचिया, हाँरी, करवा, गग्री, हेल्का, हरजाेठा, डेहरी, डेलिया लगायत हस्तकला गरगहना पाेशाक समेत संकलन गरेकाे उनकाे भनाइ छ ।

कराेडाैँकाे लागतमा बुड्ढीमा निर्माण हुन लागेकाे बुद्धभुमि नगरपालिकामा नगरस्तरीय थारु संग्रहालयमा सजाइएर साैजन्य गरेका नामावलीसहित राख्ने कार्यकाे सुरुवात गरेकाे अध्यक्ष थारुले जनाए । स्थानीय युवाहरुकाे रहेकाे संस्था दर्ता गरि आफ्नाे पहिचान जाेगाउने उद्देश्यले लाेप हुँदै गएका हस्ताकला, पाेशाकसहितकाे नृत्य संस्कृति साे समुदायकाे इतिहास रहेकाे उनले जिकिर गरे ।

Tharu people

संरक्षण केन्द्रका सह-सचिव शिव गुलाम थारुले थारुहरुकाे हकहितका लागि संस्था स्थापन गरिएको बताए । केही समय यता नितान्त लाेपान्मुख भएका थारुकाे अस्तित्व बचाउने संस्कृति र संस्कार युवा पुस्तामा स्थानान्तरण गर्न नसक्दा लाेप हुँदै गएकाे उनले जनाए । थारु जातिकाे पहिचान झल्किने साँस्कृतिक कार्यक्रमले मात्र पूरा नहुने बताउँदै अध्ययन सँगसँगै राजनीतिमा पहुँच पनि बढाउन जरुरी रहेकाे समेत उनकाे भनाइ छ ।

यस्तै थारु अगुवा मंगल प्रसाद थारुले युवा पिँढीले गम्भीर भएर समाज अध्ययन गर्ने बेला आएकाे बताए । शिक्षा आर्जन नगरे समाज एकदमै पछि ढकेलिने जनाउँदै समाजमा विकृति फैलाउने आधुनिक नृत्यले नभएर समुदायकाे पहिचान झल्किने ऐतिहासिक पाेशाकमा वाद्यबाजन क्षमतालाई समेत बढाउनुपर्ने अगुवा उनले जाेड दिए । पछिल्लो समय थारु युवा पुस्ता शिक्षा लिनु भन्दा बाहिर रहेर मजदुर लगायत क्रियाकलापमा बढी सक्रिय रहेकाे जानकार बताउँछन् ।

राम अबतार चौधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *