नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ कपिलवस्तुको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । नेकपा एमाले निकट जनवर्गीय संगठनकाे शनिबार सम्पन्न अधिवेशनले उमाशंकर थारुको नेतृत्वमा १७ सदस्यीय कमिटी चयन भएकाे हाे ।
जसको उपाध्यक्षमा बिन्द्र बहादुर गुरुङ, सचिवमा कुल बहादुर साेमै, सह–सचिवमा वीर सिंह र कोषाध्यक्षमा मञ्जु थारुलाई चयन गरिएको आयाेजकले जनाएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज बलराम अधिकारीले पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने बताए । अब आउने निर्वाचनमा लोकतान्त्रिक आदिबासी जनजातिको महासंघको महत्वपूर्ण याेगदान रहने जिकिर गर्दै आदिबासी जनजातिहरुको कला, संस्कृति र पहिचान जोगाउन लाग्नुपर्ने उनले बताए । आफ्नाे अधिकार प्राप्तिका लागि एकमात्र एमाले पार्टी रहेकाेले समृद्ध गराउन जरुरी रहेकाे समेत इन्चार्ज अधिकारीले जनाए ।

देशको राजनीति अवस्था र समसमायिक गतिविधि तथा क्रियाकलापको विषयको बारेमा उनले प्रकाश पार्दै सबैले विभिन्न माध्यमबाट पार्टीमा आबद्ध भई सक्रियतापुर्वक लाग्नुपर्नेमा सदस्य उनले जाेड दिए । नवगठिन कमिटीका पदाधिकारीहरुलाई शुभकामना दिँदै सबैलाई एक्यबद्ध हुन अधिकारीले आग्रह गरे ।
Be First to Comment