Press "Enter" to skip to content

उद्योगहरूमा बाल श्रमिक खाेज्दै , News of Nepal

कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका इट्टा उद्योगहरुमा अनुगमन गरिएको छ । लामाे समयदेखि सञ्चालनमा रहेकाे फाइप स्टार इट्टा उद्योग, लोकप्रिय इट्टा उद्योग, एस.एम.भी र पन्चकन्या इट्टा उद्योगमा अनुगमन गर्दा बालश्रमिकहरु रहेको पाइएको छ ।

उद्योगहरुमा प्रायः भारतीय श्रमिक रहेकाले श्रमिकसँग आएका बालबालिकाहरु मजदुरका रुपमा प्रयोग भएकाे आकलन गर्न सकिन्छ । शिवराज नगर प्रमुख नेत्रराज अधिकारी, प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, दलित मानव अधिकार निगरानी समितका अध्यक्ष मिना परियार, व्यापार संघ कपिलवस्तु अध्यक्ष महादेव पाख्रेल, शिवराज नगरपालिका वडा नं.१० कि अध्यक्ष मञ्जु मिश्र, प्रहरी र पत्रकार सहितकाे टाेलीले मंगलबार अनुगमन गरिएकाे जनाइएको छ ।

साेही क्रममा भारतका बरेलीबाट सपरिवार नै मजदुरीका लागि आएका अम्जद खानका १६ बर्षे छोरा मोहम्मद करम खान र १५ बर्षे रुक्सान खान आफ्नो परिवारसँगै लोकप्रिय इट्टा उद्योगमा काम गर्दै गरेको भेटिए । करम खानले भारतमा नै अध्ययन गर्ने भए पनि परिवारसँगै रोजगारीका लागि आएका उनी अहिले अध्ययन छाडेर इट्टा बनाउने काम गरिरहेका छन् । सबै परिवार रोजगारीका लागि घर छाडेर आउनु पर्ने हुँदा छोरा-छोरीलाईसँगै ल्याएको उनका बुबा अम्जदले बताए ।

भारतीय श्रमिकका सन्तानहरु इट्टा उद्योगमासँगै बस्ने र उनीहरु बुबा आमासँगै काम गर्ने गरेका छन् । इट्टा उद्योगमा ७ बर्ष देखि १६ बर्ष सम्मका बालबालिकाहरुले मजदुरी गरिरहेको भेटिन्छन् । फाइप स्टार इटा उद्योग र पन्चकन्या इट्टा उद्योगमा समेत बालबालिकाहरुले काम गर्दै गरेको भेटिएका छन् । अनुगमनकै क्रममा भने डी.एम.सी इट्टा उद्योगमा भने बाल श्रमिक नै नरहेकाे पाइएको छ ।

Child labor in Nepal

त्यस्तै दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले इट्टा उद्योगहरुमा बालश्रम न्यूनीकरण र शिक्षा सम्बन्धि जनचेतनामूलक अभियान निरन्तर सञ्चालन गर्दै आएकाे बताएकी छन् । अभियान सञ्चालनले शिवराज नगरपालिका भित्र रहेकाे विभिन्न इट्टा उद्योगहरुमा गत बर्ष १ सय ८२ बाल श्रमिक रहेका बताउँदै प्रभावकारी अभियानले न्यूनीकरण गर्दै यस बर्ष ९५ जना मात्रै रहेकाे उनले जनाइन् । आफ्नाे संस्थाले श्रमिकका बालबालिकाको शिक्षाका लागि काम गर्दै आइरहेको जनाउँदै इट्टा उद्योगमा काम गर्ने श्रमिकका बालबालिकाहरुको शिक्षाको विषयमा सरोकारवाला निकायले समेत ध्यान दिन जरुरी रहेकाे परियारले बताइन् ।

जिल्लाको ३ स्थानिय तह शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका र बुद्धभूमि नगरपालिकामा रहेका इट्टा उद्योगहरुमा भारतीय सहित गत बर्ष ७ सय ७८ बाल श्रमिक रहेको अध्यक्ष परियारले उल्लेख गरिन् । तिनीहरुको शिक्षाका लागि सहयोग गरिने उद्देश्यले अभियान सञ्चालन गरिरहेकाे बताउँदै इट्टा उद्योगमा रहेका बालबालिकाको शिक्षा तथा जनचेतनाको लागि निगरानी समिति र विश्व शिक्षा साझेदारीमा सक्रिय परियोजनाले बालबालिकाको तथ्यांक संकलन गरिरहेको उनले बताइन् ।

यता शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले
इट्टा उद्योगमा काम गर्ने बालश्रमिकको शिक्षाका लागि व्यवसायी र सरोकारवालाहरुसँग छलफल गरिने बताए । बालबालिकालाई काममा नलगाउन इट्टा उद्योगीहरुलाई निर्देशन समेत दिएको उनले जनाए ।

सरकारले बालबालिकालाई बालश्रममा लगाउन नपाइने कानुनी प्रावधान रहे पनि इट्टा उद्योगहरुमा सरकार, नियम र प्रावधानलाई मिच्दै व्यवसायीहरुले कतिपय आफू अनुकूल त कयौं बाध्यताले बालबालिकाहरु इट्टा बनाउने कार्यमा प्रयाेग हुने गरेका छन् ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *