Press "Enter" to skip to content

बोर्डगाउँमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइयो, News of Nepal

कपिलवस्तुका विभिन्न स्थानमा पृथ्वी जयन्तीको अवसर पारी विभिन्न कार्यक्रमकाे आयाेजना गरी मनाइएकाे छ । सोही अवसरमा राष्ट्र निर्माता बडामहाजधिराज श्री ५ पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको आयाेजकले जनाएको छ । सरकारले बेवास्ता गरे पनि पृथ्वी जयन्तीलाई नागरिकले राष्ट्रिय पर्वका रुपमा मनाईरहेकाे पाइन्छ । २०६३ सालपछि गठित सरकारहरुले पृथ्वी जयन्तीप्रति शत्रुभाव प्रकट गर्दै आएका छन् । तर जनस्तरबाट भने यो दिवसलाई भव्य रुपमा मनाउने गरेका छन् ।

सोही अवसर स्वतन्त्र नागरिक समाज नेपाल बाणगंगा नगरपालिका ८ ले गरेको कार्यक्रममा सायाैं नागरिकहरुले एकबद्धता जनाए । कपिलवस्तुको बाणगंगामा विभिन्न स्थानमा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहलाई भुल्न नहुने भन्दै कार्यक्रको अयोजना गरेको जनाइएको छ । बाणगंगा नगरपालिका वडा ८ का वडा अध्यक्ष गुणनीधि भुसालले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई भुल्न नहुने बताए । उनले पृथ्वी वि.सं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माणमा ठुलो योगदान भएको भन्दै राष्ट्रपित पृथ्वीनारायणको योगदानलाई सधै स्मरण गर्नुपर्ने औँल्याए ।

त्यस्तै बोर्डगाउँमा आयोजित २९९औं कार्यक्रममा नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा ८ का वडा सभपती जगन्नाथ भण्डारीले पृथ्वी जयन्ती युवाहरुले भुल्न नहुने बताउँनुभयो उनले राष्ट्र निर्मतालाई भुल्न नहुने भन्दै स्वतन्त्र नगरिक समाजले राम्रो काम गरेको बताए । त्यसैगरी पृथ्वी जयन्ती कार्यक्रममा नेकाप एमालेका वाणगंगा ८ का वडा अध्यक्ष गिता भुसाल, दुर्गा अर्याल, सीता भट्टराई आचार्य, सक्रन्ती थारु, राम प्रसाद पौडेल, हरि मल्ला दिवस घिमिरे, सन्त बहादुर क्षेत्री, दामेदर पोख्रेल लगायत सयौंले एकबद्धता जाहेर गरेका थिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *