Press "Enter" to skip to content

चन्द्राैटाका अग्निपिडित व्यवसायीलाई ३ लाख सहयाेग, News of Nepal

कपिलवस्तुको चन्द्रौटाका सक्रिय युवा व्यवसायीको नेतृत्वमा अग्नीपिडित व्यवसायीलाई आर्थिक सहयोग जुट्दै आएकाे छ । युवा व्यवसायी पदम ढकाल, विष्णु हमाल र ओम थापाको नेतृत्वमा शनिबार अग्नीपिडित दुई व्यवसायीलाई नगद रु ३ लाख सहयोग रकम प्रदान गरिएको छ ।

विभिन्न दाताहरुबाट संकलन गरेको राशि सहयोग कार्यमा जुटेका १० बढि युवाहरुले अग्निपीडित विष्णु भुसाल र बाबुराम गिरीलाई जनही एक लाख ५० हजारको दरले आर्थिक सहयोग हस्तान्तरण गरेको युवा व्यवसायी विष्णु हमालले बताए ।

दुःखद घडीमा पिडित व्यवसायीहरुलाई केहि राहत संकलन गरेर प्रदान गरेर पिडित व्यवसायीहरुलाई विभिन्न निकायसँग सहकार्य गरेर भए पनि थपसहयोग गर्ने युवा व्यवसायी पदम ढकालले आश्वासन जानकारी दिए ।

विगतका दिनहरुमा हरेक समस्याका पिडितहरुलाई मलम लगाउँदै आएका युवाहरुले यस पटक पनि भर्खरै भएकोे घटनाप्रति केहि भए पनि राहत पुगोस भनेर नगद रकम संकलन गरी पिडित दुबै व्यवसासयीहरुलाई प्रदान गरिएकाे जनाइएको छ । युवा व्यवसायीहरुले राहत सहयोग गर्दै अन्य व्यवसायीहरुलाई समेत सहयोग गर्न अपिल गरेका छन् ।

गत मंगलबार राति जिल्लाको शिवराज नगरपालिका-५, चन्द्रौटा बजारमा रहेको चन्द्रौटा फिक्ससप र ल्यापटप हस्पिटल गरि दुई पसलमा आगलागी हुँदा करिब ९० लाख बढीको क्षती भएको थियाे ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *