Press "Enter" to skip to content

गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउन समुदायले भुमिका खेल्न पर्नेमा जाेडदिनुपर्छ : वडाध्यक्ष चौधरी

कपिलवस्तुको शिवराज-२, अवस्थित बुद्ध आधारभूत विद्यालयकाे सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएकाे छ । साेमबार हरहर्वामा भएकाे कार्यक्रममा गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउन समुदायले भुमिका खेल्नपर्नेमा जाेडदिनुपर्ने वडाध्यक्ष राम बहादुर चौधरीले बताए ।

शिक्षालाइ अगाडि ल्याउनको लागि अभिभावाक समुदायका नागरिकका शिक्षकको उत्तिनै भुमिका रहेको हुदाँ बालबालिकाको लागि गुणस्तर शिक्षा प्रदान गर्ने खालका क्रियाकलापमा जाेड दिए । सार्वजनिक सुनाईमा भौतिक संरचना लगायतका विभिन्न कुराहरु उठान भएका भिए ति कुरालाइ सम्बोधन गदै आगमि दिनमा पनि आवश्यक सम्बोधन गर्न जरुरी रहेकाे उनले बताए । वडाध्यक्ष चौधरीले किर्डाक नेपाल संस्थाले आफ्नो वडामा विभिन्न आत्मनिर्भर गराउने खालका काम गदै आएको र विद्यालयमा समेत टेवा पुगेकाे उल्लेख गरे ।

असिमित स्रोत साधन लाई सिमित ढङ्गले प्रयोग गदै जाने हो भने मात्र हरेक कुरा गर्न सकिने शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थिले बताए । समस्या ल्याउनु भन्दानि ति समस्या कसरी समाधान गदै जाने भन्ने कुरामा ध्यान दिनुपर्ने जानकारी दिए । अन्य पालिकाको तुलनामा शिवराज नगरपालिकाले शिक्षामा पाउने सेवा सुविधा धेरै पाएको जनाउँदै शिक्षण सिकाईलाई प्रभावकारी कसरी बनाउनु पर्छ भन्ने कुराको ध्यान पन्थीले बताए । किर्डाक नेपाल संस्थाका सामुदायिक विकास अधिकृत बिनोद केवटले संस्थाले गरेको कामको बारेमा जानकारी गराउदै विद्यालयमा पनि सहयाेग पुगेकाे बताए ।

kirdarc nepal

विद्यालय ब्यवस्थापन सदस्य बुद्धइ खटिक, अभिभावक संघ सदस्य सरिता थारु किसोरी बिमला चौधरी लगायतले विद्यालयमा पहिलाको तुलनामा केहि सुधार भएकाे जिकिर गरे । बुद्ध आधारभुत विद्यालयकी प्रधानाध्यापक कमला शर्माका अनुसार विद्यालयकाे समग्र अवस्थाकाे बारेमा बताउँदै २०५४ सालमा स्थापना भएको आधारभुत विद्यालयमा ५ कक्षा सम्म पढाइ हुने गरेकाे छ । यसैबीच खानेपानी, शाैचालय, खेल मैदान बालमैत्रि कक्षाको राम्रो व्यवस्था भएको विद्यालयमा चालु आर्थिक वर्षकाे गत असाेज मसान्तसम्म विभिन्न शिर्षकमा आएको रु २० लाख २८ हजार १ सय ९३ रुपैया ५ पैसामा विभिन्न शिर्षकमा १९ लाख ९६ हजार ५ सय १७ रुपैया ७२ पैसा खर्च भएको विद्यालय प्रशासनले जनाएको छ ।

शिवराज नगपालिका वडा नं २ को समन्वय बुद्ध आधारभुत विद्यालयको आयोजना स्टोम फान्डेसनको सहयोगमा भएको सार्वजनिक सुनवाईमा ४९ जनाको सहभागिता रहेको किर्डाक नेपाल सामुदायिक सहजकर्ता अमृता थारुले जनाइन् ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *