Press "Enter" to skip to content

कपिलवस्तुमा झाडापखालाको संक्रमित बढ्दै दुई जना मृत्युु , News of Nepal

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाकाे संक्रमित संख्या बढ्दै गएकाे छ । झाडापखालाकाे प्रकाेप गत राति देखि बान्तासँगै झाडापखाला लाग्ने बिरामीको सङ्ख्या ह्वातै बढेको बुझिएको छ ।

स्थानीय शिवराज अस्पताल बहादुरगन्जमा हिजो राती देखि उपचारको लागि आउनेको संख्या बढेको अस्पतालका डाक्टर मुकेश चौधरीले बताए । नगरको वडा नं. ७, ८, ९ मा संक्रमित बढ्दै गएकाे छ । अहिले अस्पतालमा ६५ जना भर्ना रहेका छन् भने १८ जनालाई थप उपचारको लागि रिफर गरिएको चौधरीले बताए ।

नगरपालिकाको बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ ।

Diarrhea killed two in Kapilvastu

प्रकोपका कारण दुई जनाको ज्यान गएको छ भने सयौँ बिरामी अस्पताल भर्ना भइरहेका छन् । कृष्णनगर ९ का ५ वर्षीय राज काश्यप र कृष्णनगर ८ का ४० वर्षीय राप्रसाद केवटको स्थानीय क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै सञ्चारकर्मी मनिस गुप्ताले बताए । स्थानीय क्लिनिकमा पनि बिरामीको चाप रहेको स्वास्थ्य शाखाले जनाएको छ । अहिले सम्म विभिन्न गाउँका दुई सयभन्दा बढी मानिसहरू बिरामी परेको बताइएको छ ।

चेतनाको अभावका कारण सरसफाईमा ध्यान नदिँदा तथा दुषित पानीका कारण झाडापखालाको प्रकोप बढेको स्वास्थ्यकर्मीहरूको भनाई छ । यस समयमा स्थानीयहरूले दूषित पानीमा माछा मार्ने र त्यतिकै खाँदा बिरामी बढेको हुन सक्ने अनुमान रहेको छ । झाडापखालाको महामारी फैलिएसँगै जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको टोली बहादुगंञ्ज पुगेको बताइएको छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *