Press "Enter" to skip to content

कृषक समूहलाई तरकारी बीउ विजन वितरण, News of Nepal

कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नं.३, का कृषक समूहलाई तरकारी बीउ विजन वितरण गरिएको छ । बुधबार खरेन्द्रपुरमा आयाेजना गरिएको कार्यक्रममा ९ वटा कृषक समूहका सदस्यहरुलाई बीउ विजन गरिएको बताइएको छ ।

वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले वडाले वितरण गरेकाे बीउ घरमा लगि थन्काएर राख्ने नभएर करेसाबारीमा उत्पादन बढाउनमा जाेड् दिइन् । विदेशी तरकारी आयत कम गर्नमा याेगदान पुग्ने बताउँदै स्थानीय स्राेत साधनकाे समेत प्रयाेग हुनुकाे साथै राेजगरी सिर्जना हुने उनले बताइन् । यस चालू आर्थिक बर्षकाे पहिलाे कार्यक्रम रहेकाे बताउँदै कृषकलाई नै प्राथमिकता दिएकाे थारुले जानकारी गराइन् ।

shiv kumari

वडा नं.३ का विभिन्न गाउँका २ सय २५ सदस्यहरूलाई बन्द र फुल गाेभी, टमाटर, मुला, गाँजर, बाेँडी, भेन्दी लगायतको बीउ विजन वितरण गरिएको वडा कार्यालयले जनाएकाे छ ।

वडाअध्यक्ष टेकलाल सापकोटा अध्यक्षमा भएकाे कार्यक्रममा शिवराज नगर कृषि शाखा प्रमुख तारा चन्द चाैधरी, समाजसेवी बलराम मरासिनी, जलजला कृषक समूहकी अध्यक्ष नैना अदै लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *