Press "Enter" to skip to content

यस्तै हात को खांचो, विपदको साथी स्टार्ट फन्ड !, News of Nepal

गएको हप्ताको अविरल वर्षाले नवलपुर जिल्लाको हुप्सेकोट गाउपालिकाका अधिकांस भागहरु पहिरो र बाढीले क्षतिग्रस्त भयो | उक्त गाउँपालिकाको वडा नम्बर २,४,५ र ६ मा पहिरोका कारण ९४ घरधुरीका करिब ४०० परिबार प्रत्यक्ष रुपमा प्रभावित भए भने ३ जनाले ज्यान गुमाउनु पर्यो l


पहिरोका कारण अर्काको घर, सामुदायिक भवन र बिधालयको छिडीमा बस्न बाध्य ९४ घरधुरीलाई स्टार्ट फन्ड नेपालको आर्थिक सहयोग तथा एक्सन एड नेपाल र किर्डाक नेपालको प्राविधिक सहयोग तथा एबिसी नेपाल र हुप्सेकोट गाउँपालिकाको समन्वय र सहकार्यमा उक्त गाउँपालिकाका ९४ घरधुरीका पहिरो प्रभावितहरुलाई ७,०४ ०३२/- (सात लाख चार हजार बत्तीस रुपैया) बराबरको राहत सामग्रीहरु चामल, नुन, तेल, दाल, चिउरा, त्रिपाल, बाल्टी, जग, फिनेल, सेनेटरी प्याड, मास्क, सेनिटाइजर, सावुन, थर्ममीटर वितरण गरिएको छ l

पहिरोका कारण आफ्नो १० जनाको परिवार घर, अन्नपात तथा लत्ता कपडा गुमाएर स्थानीय सामुदायिक विधालयमा भोक भोकै बस्नु परिरहेको अबस्थामा विपदको साथी स्टार्ट फन्ड भएको छ l यो संस्थाले दिएको राहतले ठुलो सहयोग पुगेको कुरा हुप्सेकोट गाउपालिका तल्लो रुम्सिकी बर्ष ३० कि धनमाया सरु बताउछिन् l

त्यस्तै वडा नम्बर ४ माथिल्लो चारघरे बस्ने यम बहादुर पुलामीको १५ जनाको परिवार थियो l पहिरोका कारण उनले आफनी ४२ बर्षकी आमा र २ जना भतिजी गुमाउनु पर्यो l बाबु हात र खुट्टामा लागेको चोटको कारण स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा बसिरहेका छन् भने आफुहरु अर्काको घरमा बस्दै आएका छन् l आफ्नो भएको सबै जायेजेथा पहिरोले लगिदिए पछी अर्काको घरमा बस्न बाध्य उनको ठुलो परिवारलाई यो सानो सहयोग पनि ठुलो भएको छ रे l

अहिलेको अवस्था बारे, हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवि पाण्डे भन्छिन्, अहिलेको सबैभन्दा ठुलो चुनौती भनेको पहिरो प्रभावितको स्थानान्तरण नै हो l यसका लागि संघ, प्रदेश र बिभिन्न संघ संस्थाहरुसंग पहल र छलफल भईरहेको छ l पहिरो प्रभावितहरुको दिगो व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता रहेको कुरा उनि ब्यक्त गर्छिन् l


स्टार्ड फन्ड नेपालको आगामी योजना बारे स्टार्ड फन्ड नेपालका उपाध्यक्ष गौतमराज अधिकारीसंग जिज्ञासा राख्दा, उनले बाढि र पहिरो प्रभावितहरुको राहत कार्यक्रम चरणबद्ध रुपमा गरिने कुरा व्यक्त गरेका छन् l पहिलो चरणमा नवलपुर र परासी जिल्लाका बाढि र पहिरो प्रभावित ५०० घरधुरीलाई क्रमस: खाद्यन्य तथा स्वास्थ्य सामग्रीहरु वितरण गरिने र हुप्सेकोट गाउपालिकाका विधालयमा बसिरहेका १८ घरधुरीका लागि तत्काल अस्थाई बासको व्यवस्था गर्नुपर्ने भएकोले जस्तापाताको व्यवस्था गर्ने तथा दोश्रो चरणमा बाढि र पहिरोका कारण पर्न सक्ने कठिनाईहरु बारे समुदाय स्तरमा बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु र स्वास्थ्य सिबिर संचालन गरिने जानकारी दिएका छन् l

Start fund Nepal


विपद पुर्ब जानकारी दिएर आउने होइन् l सरकारको पहिलो प्राथमिकता विपदको बखत जनताको तत्काल जिउधनको सुरक्षा हो l यसका लागि स्थानीय सरकार, संघ तथा प्रदेशको महत्वपूर्ण भूमिका रहन्छ l विपदको समयमा २४ घण्टा भित्र नै पिडितहरुलाई सरकारले सुरक्षा प्रदान गर्न सक्नु पर्दछ l यसका लागि सरकारले २४ घण्टा भित्रै पिडितलाई सहयोग गर्न सकिने कोषको व्यवस्था र नीति ल्याउनु पर्दछ l


विपतको समयमा प्रक्रियामा अल्झाइ रहने परिपाटीको तुरुन्त अन्त्य गरि चुस्त र दुरुस्त ब्यबस्थापन तर्फ सरकारको ध्यान जानु पर्दछ l कुनै संस्थाले गरेको कार्यको प्रसंसामा आधारित भएर एकतर्फी रुपमा यी हरफहरु लेखिएको कदापी होइन l

बास्तबिकता के हो भने, केहि गैर सरकारी संस्थाले गरेका चुस्त र दुरुस्त राम्रा अभ्यासहरु प्रति सरकारको ध्यान जाओस भन्ने हो l न कि सरकारले केहि गरेन भन्ने l लेखको आशय यति मात्र हो कि, बिपतमा पीडितले राज्यबाट प्राप्त गर्नुपर्ने सेवा, सुबिधाहरु तत्काल प्राप्त गर्न सकुन l कागजी झन्झटले पिडामा परेकालाई झन् पिडा नथपियोस l यसका लागि सरकारको पूर्ण रुपमा ध्यान जाओस र आगामी दिनमा अप्ठ्यारोमा परेका जनताहरुलाई छिट्टो भन्दा छिट्टो सरकारले सुरक्षा दिन सक्ने प्रणालीको विकास गरोस |

मनोज लामिछाने

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *