Press "Enter" to skip to content

नेपाली युवालाइ सुमार्गमा धकेल्न एक नयाँ सोच, News of Nepal

कपिलवस्तुमा तीन दिने युवा सहभागिता, सुशासन र पैरवी सम्बन्धी तालिम सम्पन्न भएको छ । जिल्लाको बुद्धभूमी नगरपालिका –२, गोरुसिङ्गेमा भदौ २५ गते सञ्चालन भएकाे तालिम आइतबार सम्पन्न भएकाे आयाेजकले जनाएकाे छ ।

“युवा अधिकार र अर्थपुर्ण सहभागिताका लागि एकजुट बनौँ, अधिकार र जिम्मेवारीलाई आत्मसात् गरी सुशासन प्रवर्द्धनका लागि आवाज बुलन्द गरौँ” भन्ने मूल नाराका साथ तालिम आयाेजना गरिएको बताइएको छ ।

इन्द्रेणी ग्रामिण विकास केन्द्रका कार्यक्रम संयोजक राम बुढा मगरले क्लबका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थितिमा अर्थपूर्ण प्रतिनिधित्वमा सुशासन, पैरवी र युवा सहभागीताका सवालमा साझा धारणा बनाई कार्यान्वयन गरी अगाडी बढ्ने योजना रहेकाे बताए ।

यस्तै संस्थाका कार्यकारी निर्देशक प्रदीप शाहले सबै युवा क्लबहरुलाई नमुनाको रुपमा विकास गर्न र युवाहरुको अर्थपुर्ण सहभागीता, उद्यमशीलता र क्षमता विकासलाई प्रभावकारी बनाई अगाडी बढ्ने दृढ संकल्पका साथ युवाहरुले प्रतिबद्धता जनाए । युवाहरुले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरी आजैका दिनदेखि लागु हुने गरी १० बुँदे घोषणा पत्र समेत जारी गरेका शाहले बताए ।

प्रशिक्षक कर्ण बहादुर नेपालीले हाल नेपालमा भएको जनसाङ्ख्यिक लाभांशको अधिकतम सदुपयोग गरी सबै खाले भेदभावको अन्त्य, मानवअधिकार, सामाजिक न्याय र सामाजिक रुपान्तरणमा युवाको सहभागीता सुनिश्चित गर्ने पक्षमा ऐक्यबद्धता समेत जनाए । नेपालको संविधान २०७२ अनुसार आर्थिक समृद्धि, विकास र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समता मूलक समाजको निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार लोकतन्त्रका लाभहरुको समानुपातिक, समावेशी, सहभागिता मूलक न्यायोचित वितरण गरी कानूनी राज्य र दिगो विकासको अवधारणा अनुरुप स्थानीय स्राेत साधनको समुचित परिचालनमार्फत सहकारिता, सह अस्तित्व, पारस्परिक जवाफदेहिता र समन्वयलाई प्रवर्द्धन गर्दै भ्रष्ट्राचार विरुद्ध शुन्य सहनशीलता कायम गर्नुपर्ने प्रशिक्षक नेपालीले जानकारी दिए ।

सिमान्तकृत समुदायको सामाजिक तथा आर्थिक सशक्तिकरण परियोजना अन्तर्गत इन्द्रेणी ग्रामिण विकास केन्द्रको आयोजना र आइ.एम. स्विडिस डेभलपमेन्ट पार्टनरको सहयोगमा आयाेजना गरिएको कार्यक्रममा कपिलवस्तुका १४ वटा युवा क्लबका २१ जना युवाहरुको सहभागिता भएको तालिममा कर्ण बहादुर नेपालीले प्रशिक्षण दिएका थिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *