Press "Enter" to skip to content

बिरोध गर्नु हाम्रो इच्छा हैन बाध्यता हो, बेरुजु रकम विरुद्धको कालो बिरोध प्रदर्शन, News of Nepal

नेकपा (विप्लव) नेतृत्वकाे निकट राष्ट्रिय युवा संगठन नेपाल कपिलवस्तुले बिजयनगर गाउँपालिका कार्यालय घेराउ गरि बेरुजु रकम विरुद्धको बिरोध प्रदर्शन गरेको छ । स्थानीय सरकारले गरेकाे बेरुजु रकम विरुद्ध मंगलबार प्रदर्शन गरिएको नेकपाले जनाएकाे छ ।

युवा संगठन नेपाल कपिलवस्तुले महालेखा परिक्षकले निकालेको बेरुजु रकमलाई लिएर गाउँपालिकालाई घेराउ गरेको छ । महालेखा परिक्षकका अनुसार बिजयनगर गाउँपालिकाकाे कूल बजेट रकमकाे ४.७४% अर्थात ४ कराेड ८६ लाख ५ हजार रुपैयाँ बेरुजु देखिए पछि साेही स्थानीय तहलाई मुख्य केन्द्र मानी गरिएको प्रदर्शनबाट सबै स्थानीय तहलाई सचेत रहन आग्रह गरिएको युवा संगठन नेपाल कपिलवस्तुले जनाएकाे छ । प्रदर्शन कार्यक्रममा लाई सम्बाेधन गर्दै युवा संगठन नेपाल केन्द्रिय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज धन बहादुर थापा (विश्लेषण) ले सबै पालिका तथा स्थानीय तहकाे बेरुजु रकम महालेखा परिक्षकले सार्वजनिक नगरेकाे आराेप लगाए ।

संसदीय व्यवस्था पुर्ण रुपले असफल भएको र वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको विकल्प नरहेको उनले जिकिर गरे । यो संसदीय व्यवस्थामा जति पनि विकास भए जति कमसल खालको रहेको बताउँदै ठेक्का पत्ता कार्यमा नातावाद, कृपावाद भएको विश्लेषणले जानकारी दिए । संसदीय सरकार विघटन गरेर प्रगतिशिल संयुक्त सरकार गठन गरि जनमत संग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्ने उनको भनाइ छ ।

उक्त कार्यक्रम सहजीकरण युवा संगठन नेपाल कपिलवस्तुका अध्यक्ष सागरले गरेका हुन । साथै विरोध प्रदर्शनमा १ सय ५५ जना स्थानीय युवा, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्तिथि रहेको थियाे ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *